क्यान इन्फोटेकमार्फत डिजिटल बैंकिङलाई प्रवर्द्धन गर्दै सनराइज बैंक

Advertisement

काठमाडौं । डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै आएको सनराइज बैंकले बुधबारबाट राजधानीको भृकुटीमण्डपमा सुरु भएको सुचना प्रविधिसम्वन्धी मेला ‘क्यान इन्फोटेक’मा सहभागी भएर अवलोकनकर्ताहरुलाई डिजिटल बैंकिङबारे जानकारी गराइरहेको छ । 

डिजिटल बैंकिङबारे सनराइजले धेरै नविन कुराहरु प्रयोगमा ल्याएको, जुन अरु वित्तीय संस्थाहरुमा कमै देखिन्छ भन्दै बैंकका ब्राण्डिङ प्रमुख सुमन थापाले यस मेलामार्फत डिजिनटल बैंकिङमा सनराइज  बैंकिको प्राथमिकता, अग्रता र पृथकता देखाउने मुख्य उद्देश्य रहेको बताए । 

Advertisement

आजको दिनमा मिसकल गरेर बत्तिको पैसा तिर्दा ग्राहकहरुमा कत्तिको सन्तुष्टि छ ? सनराइज बैंकले दिइरहेका अन्य डिजिटल प्रविधिमा आधारित सेवाहरुबारे उनीहरुको कस्तो अनुभव छ ? डिजिटल बैंकिङ सञ्चालन गर्ने कुरामा ग्राहकहरुले नबुझेका र नजानेका कुरा के के छन् ? कसरी यस्ता प्रविधिमार्फत गरिने कारोबारमा अभ्यस्त हुने ? भन्ने प्रश्नमा अवलोकनकर्ताको जिज्ञासा मेटाउने काम भइरहेको बैंकले जनाएको छ । 

सनराइज बैंकले  मेलामा तीन वटा स्टल लिएर डिजिटल बैंकिङबारे  विशेषगरी युवा र यस्ता प्रविधिमा चासो राख्ने मानिसहरुको आवश्यकता र चाहना सम्बोधन गर्न आफूहरुले सहभागिता जनाएको बताउँदै यसले डिजिटल बैंकिङप्रति बैंकको प्रतिवद्धतालाई पनि दर्साउन सहयोग पुग्ने विश्वास लिएको छ । 

थापाले भने, ‘क्यान इन्फोटेक’ भनेकै प्रविधिसम्वन्धी मेला हो । यससँग चासो राख्ने मानिसहरुले बढी मेलामा आउँछन् । त्यो कारणले उनीहरुमा पक्कै पनि डिजिटल बैंकिङबारे चासो हुन्छ । जान्ने इच्छा हुन्छ । फिनटेकमा के कस्ता कुराहरु विकास भइरहेका छन् ? एउटा युवा बैंकिङ क्षेत्रसँग के कसरी जोडिनसक्छ ? उसले के कसरी सुरक्षित बैंकिङ गर्ने ? भन्ने कुराहरुमा सन्देश दिन बैंकले मेलामा सहभागिता जनाएको हो ।’ 

मेलामा बैंकले आफ्नो प्रोडक्टको प्रवर्द्धन गर्न मात्रै नभएर अवलोकन गर्न आएको मासलाई रमाइलो वातावरण निर्माण गर्ने र इन्गेजमेन्ट गर्ने काम पनि गरिरहेको छ । तीन वटा स्टलमध्ये एउटामा जसको खाता छैन्, उसलाई अनलाइनमार्फत तत्कालै खाता खोल्दिने काम सनराइन बैंकका कर्मचारीले गर्नेछन् । बैंकले सोही स्थानमै फोटो खिचेर उपलब्ध रहेको परिचयपत्रको आधारमा खातो खोल्ने काम बैंकले गरिदिनेछ । 

दोस्रो स्टलमा बैंकका विभिन्न प्रोडक्टहरुबारे जानकारी दिइने छ भने तेस्रोमा बैंकले गेम खेलाउने छ । गेममा इन्गेज भएवापत विजेताले पाँच सय र हजार क्यासब्याज तथा सय रुपियाँ टपअप जित्नसक्ने छन् । मानिसहरुलाई बैकिङसँग जोड्ने उद्देश्यले यस किसिमको खेल खेलाउने सोच आफूहरुले बनाएको बताउँदै थापाले त्यसमा सहभागी भई बिजेता भएकाहरुले पनि खाता खोलेर डिजिटल बैंकिङमा जानुपर्ने हुन्छ । 
 

Advertisement

Advertisement