‘अन्तिम आदेश हुन बाँकी नै छ, त्यसैले धेरै कुरा नबोलौँ’: गभर्नर अधिकारी

Advertisement

महाप्रसाद अधिकारी, गभर्नर । 

नेपाल राष्ट्र बैंक केन्द्रीय बैंकको स्वयत्तता, देशको अर्थतन्त्रको सन्र्दभमा जे जति रुपमा समग्र सञ्चार माध्यम, सोसाइटी, सामाजिक सञ्जाल, अधिकांश राजनीतिक नेतृत्वहरुबाट जुन किसिमको सम्बेदनशीलता महशुस गरेर कन्सनहरु सरोकारहरु जनाइएको छ । सबैको लागि देशकै लागि एउटा महत्वपूर्ण विषय छ । 

Advertisement

अर्थतन्त्र र केन्द्रीय बैंकको सन्दर्भमा यो सम्बेदनशीलता सबैले बुझि दिनु भएको छ । यसै शिलसिलामा यो बीचमा घटेको घटनाक्रमको लागि मैले सम्मानित सर्वोच्च अदालत समक्ष रिट निवेदन पेश गरेको थिए । त्यस शिलसिलामा हिजो मात्र सम्मानित अदालतबाट अल्पकालीन अन्तरिम आदेश प्राप्त भएको छ । आदेश अनुसार मलाई आफ्नो पदीय जिम्मेवारी केन्द्रीय बैंकको गभर्नरको रुपमा काम निरन्तर राख्ने आदेश भएको हुँदा म आज यहाँ हाजिर भएको छु । 

मेरो सम्मानित सर्वोच्च अदालत समक्ष पेश भएको निवेदन विचाराधीन छ ।  अन्तिम आदेश हुन बाँकी नै छ । त्यसले गर्दा धेरै कुराहरु यहाँहरु सामु राख्न चाहन्न । जे जस्तो सबैबाट रेसपोन्स आयो त्यसबाट म समाजका प्रत्येक तप्काप्रति आभार प्रकट गर्न चाहान्छु र भोलिको दिनमा मैले पेश गरेको निवेदन माथि थप सुनुवाई र कारबाही हुँदै जाँदा नेपाल राष्ट्र बैंकको स्वयत्तता, मौद्रिक नीति, मौद्रिक स्थायित्व, आर्थिक स्थायित्वको सम्बन्धमा यसरी नै सकारात्मक सन्देशहरु आउने आशा राखेको छु । 

सबैको सकारात्मक भाव, सद्भाव, सहानुभूति सबैको लागि व्यक्तिगत तर्फबाट हार्दिक धन्यवाद भन्न चाहान्छु । म एउटा माध्यम मात्रै हँु । यो एउटा समग्र सिस्टमको लागि आएको आदेश हो जस्तो मलाई लाग्छ । यहाँहरुले पनि मेरो लागि भन्दा पनि सिस्टमको लागि बोलिदिनु भएको छ । हामी व्यक्ति भन्दा पनि हामी संस्था नै हौंँ । 

गभर्नर, राष्ट्र बैंक अर्थमन्त्रालय भनेको संस्था हो । विभिन्न घटना परिघटनाले यस्तो स्थितिहरु ल्याउँछन् । तर हामीले आफ्नो जिम्मेवारी पूरा गरिराख्दा गर्नु पर्ने समन्वय, सम्पर्क नियमित रुपमा गर्छौँ नै । त्यसमा कुनै किसिमको आग्रह पूर्वाग्रह राखेर काम गर्ने भन्ने विषय हुँदैन । हामी त्यसका सर्तक रहन्छौं ।’
(सर्वोच्च अदालतको आदेशपछि बुधबार नियमित काममा फर्कँदा राष्ट्र बैंकका गभर्नर अधिकारीले व्यक्त गरेको विचारको सम्पादित अंश ।)

गभर्नरमाथिको कारवाही असफलः के अर्थमन्त्रीले नैतिकताका आधारमा राजीनामा देलान ?

सर्वोच्चको आदेशपछि राष्ट्र बैंक फर्किए गभर्नर अधिकारी, कर्मचारीले गरे स्वागत

गभर्नर अधिकारीलाई गरिएको निलम्बन कार्यान्वयन नगर्न सर्वोच्च अदालतको आदेश

गभर्नर अधिकारी नियमित काममा फर्कँदै, यस्तो छ सर्वोच्चको आदेश (पूर्णपाठसहित)

निलम्बित गभर्नर अधिकारीको रिट न्यायाधीश फुयालको इजलासमा

गभर्नर अधिकारी निलम्बन बिरुद्ध सर्वोच्च अदालतमा

आर्थिक संकट गहिरिएको बेला एकाएक राष्ट्र बैंकका गभर्नर अधिकारीलाई निलम्बन गर्ने निर्णय

Advertisement

Advertisement