विश्व स्वास्थ्य संगठनका महानिर्देशक काठमाडौं ओर्लिए

Advertisement

काठमाडौँ । विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस एडहानोम गेहब्रेयसस् बिहीबार दिउसो काठमाडौं आइपुगेका छन् । उनी तीन दिने भ्रमणका लागि नेपाल आएका हुन् । 

यसअघि भारत भ्रमणमा रहेका टेड्रोसले राष्ट्रपति, प्रधानमन्त्री, स्वास्थ्यमन्त्रीलगायतसँग भेट गर्ने कार्यक्रम छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निमन्त्रणामा आएका उनलाई स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थलमा 
 स्वागत गरेका थिए । 

Advertisement

ट्रेडोसलाई नेपालले कोभिड महामारी नियन्त्रणका लागि गरेका काम र प्रगतिबारे जानकारी गराइनुका साथै टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालको पनि भ्रमण गराइने छ । 

Advertisement

Advertisement