रावा बैंकको मधेश प्रदेशले गरेको कार्यक्रममा ५१ जनाले गरे रक्तदान

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकको मधेश प्रादेशिक कार्यालयको आयोजनामा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । 

बैंकको ५७ औं वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेका छन् । 

बैंकको मधेश प्रादेशिक कार्यालयको प्रादेशिक प्रबन्धक कमलेश ठाकुरको अध्यक्षतामा संचालन भएको रक्तदान कार्यक्रममा वीरगंज, श्रीपुर शाखाका कर्मचारी तथा आम नागरिकले रक्तदान गरेका थिए । 

बैंकले देशभर २५८ वटा शाखा कार्यालय, २४५ वटा एटिएम, ४१ स्थानमा एक्सटेन्सन काउण्टर, ९८ शाखारहित बैंकिङ सेवा सहित आधुनिक डिजिटल बैंकिङको माध्यमबाट सेवा प्रवाह गर्दै आएको छ ।