सिजी मेरिडियाको ‘स्टिम क्लिनिङ सिस्टम’ बजारमा

Advertisement

काठमाडौं । चौधरी समूहको लोकप्रिय ब्राण्ड सिजीअन्तर्गत ुसिजी मेरिडिया स्टिम क्लिनिङ सिस्टम बजारमा बिक्री सुरू भएको छ ।

यो सिस्टमअन्तर्गत कोर्डेड ह्याण्डी एण्ड स्टिक भ्याकुम क्लिनरु र स्टिम क्लिनिङ सिस्टम गरी दुई प्रकारका भ्याकुम क्लिनरहरू उपलब्ध छन् ।  

Advertisement

कोर्डेड ह्याण्डी एण्ड स्टिक भ्याकुम क्लिनरमा टू इन वान मोड रहेकोले यो सजिलै ‘ह्याण्डी’ वा ‘स्टिक’ मोडमा परिवर्तन गर्न सकिन्छ । यसमा सिंगल साइक्लोन सिस्टम रहनुका साथै यसको ‘डस्ट कप’लाई सजिलै फुकाल्न सकिन्छ । 

उच्च क्षमताको ‘स्पन्ज एक्जस्ट फिल्टर’ जडान भएको यस भ्याकुम क्लिनरमा ‘ब्यागलेस डस्ट कलेक्सन गर्न सकिन्छ र यसमा ५ एमको पावर लाइन रहेको छ ।

सय डिग्री सेन्टिग्रेड बाफले ९९.९९ प्रतिशत किटाणु नष्ट गर्ने क्षमता भएको ‘स्टिम क्लिनिङ सिस्टम’को प्रमुख विशेषता भनेको यसले एकदम छिटो अर्थात १५ सेकेण्डमै वाफ उत्सर्जन गर्ने, यो काठ, टायल, कार्पेट जस्ता विविध प्रकारका सतहहरूमा पनि उपयुक्त हुने कम्पनीको भनाई छ । 

तीन सय ७० मिलि लिटर पानी टंकीको क्षमता भएको स्टिम क्लिनिङ सिस्टम’को खरीदमा विविध प्रकारका एसोसरिजहरूः सानो राउण्ड ब्रश, स्कार्पर, स्काउरिङ हेड, ह्याङगिङ आइरन हेड, कार्पेटका लागि स्लाइडिङ प्लेट, होस एसेम्बली स्ट्रेट नोजल र अडाप्टर पनि प्राप्त गर्न सकिने सिजीले जानकारी दिएको छ ।

Advertisement

Advertisement