फरवार्ड माइक्रोफाइनान्सबाट सीईओ चौधरीले दिए राजीनामा, कामु बने भट्टराई

Advertisement

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) आशनारायण चौधरीले पदबाट राजीनामा दिएका छन् । 

सञ्चालक समितिको सोमबार बसेको बैठकले सीईओ चौधरीको राजीनामा स्वीकृत गरेको छ । 

Advertisement

चौधरीले घरायसी कारण देखाउँदै राजीनामा दिएसँगै कायम मुकायम (कामु) सीईओमा कृष्णप्रसाद भट्टराई नियुक्त भएका छन् । 

संस्थाका सहायक महाप्रबन्धक भट्राईलाई संचालक समितिको बैठकले अर्को व्यवस्था नहुन्जेलसम्मका लागि नियुक्ती दिएको हो ।
  

Advertisement

Advertisement