भृकुटीमण्डपमा आजदेखि जुत्ता चप्पल मेला सुरु, नेपाली जुत्ता गुणस्तरीय भएकाले निर्यात पनि हुँदै

Advertisement

काठमाडौँ । राजधानीको भृकुटीमण्डपमा बिहीबारबाट जुत्ता चप्पल मेला सुरु भएको छ । दुई लाख ५० हजारले  अवलोकन गर्ने अनुमान गरिएको यो मेला विदेशीभन्दा स्वदेशी गुणस्तरीय जुत्ता चप्पलको प्रयोगलाई जोड दिने उद्देश्यले  आयोजना गरिएको हो । 

यस मेलाले स्वदेशमा उत्पादित जुत्ता चप्पलको प्रयोग बढाउन, नेपालमा पनि अन्तर्राष्ट्रियस्तरका उत्पादनहरु हुन्छ भनेर उपभोक्तालाई देखाउन र नेपाली उत्पादनको बजार प्रवर्द्धन गर्न आयोजना गरिएको हो । जुत्ता चप्पल मेला आउँदो जेठ ८ गतेसम्म चल्नेछ ।

Advertisement

फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालले आयोजना गरेको मेला यस पटक उपभोक्ताको बढी आकर्षण हुने अपेक्षा गरिएको छ । एशोसियशनले अघिल्ला बर्षहरुमा पनि यस्तो मेला आयोजना गर्दै आएको छ । एशोसियशनका उपाध्यक्ष रुद्र न्यौपानेले सीमा पारीबाट अनधिकृतरुपमा आउने जुत्ता चप्पलले ठूलो लगानी गरेका स्वदेशी लगानीकर्ताको लगानी जोखिममा परेको, राज्यलाई करोडौं रुपियाँ राजश्व नोक्सानी भएको, रोजगारीको अवसर गुमेको तर त्यसको फाइदा तस्करहरुलाई भइरहेको बताए । 

उनले भने, ‘साना ठूला तस्कर यसमा सहभागी छन् । यसले नेपाली जुत्ता चप्पललाई नराकात्मक असर पारिरहेको छ । हालसम्म हामीले एक पटकमा एक करोड जोर जुत्ता चप्पल बाहिर पठाउन सफल भएका छौं । अहिले विकसित मुलुकबाट नेपालमा उत्पादन भएका जुत्ताको माग बढ्ने क्रममा छ । तर माग भएअनुसार हामीले निर्यात भने गर्न सकेका छैनौ । अब सरकारले माग अनुसारको जुत्ता चप्पल पठाउन पनि व्यवसायीलाई सहजीकरण गर्दिनुपर्छ ।’ 

न्यौपानेले थपे, ‘चौरी पैठारीको भन्सार मूल्य लाग्दैन र त्यस्ता जुत्ता चप्पल सस्तो हुन्छ । सरकारले भन्सारमा कडाई गरेर नेपाल बाहिरबाट चोरी पैठारीमा आउने जूत्ताहरुको आयात रोक्नुपर्छ । चोरीको सामानभन्दा कसैले मेहनत गरेर उत्पादन गरेको स्वदेशी ब्राण्ड जोगाउन सरकार पनि लाग्नुपर्छ ।’

उनले आफ्नो देशमा बनेको उत्पादनलाई सबैले माया गर्नुपर्ने बताए । मेला अवधिभरमा तनि करोड रुपियाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको न्यौपानले बताए । उनले अहिले स्वदेशी जुत्ता चप्पलले ६० प्रतिशत बजार हिस्सा ओगटेको पनि बताए । 

स्वदेशी उत्पादनका बारेमा आम उपभोत्तालाई स्थलगत अवलोकन गराई नेपाली उत्पादनका बारेमा जानकारी दिन यो मेलाले सहयोग गर्दै आएको बताउँदै उनले कोभिड महामारीका कारण मेला प्रभावित भए पनि अब नियमित हुने बताए । 

Advertisement

Advertisement