सिजी डिजिटलको प्रिमियम मल्टिब्राण्ड इलेक्ट्रोनिक्स शोरुम वसुन्धारामा

Advertisement

काठमाडौं । सिजी डिजिटलको नयाँ मल्टिब्राण्ड इलेक्ट्रोनिक्स शोरुम बसुन्धारामा सञ्चालनमा आएको छ । नेपालको सबैभन्दा ठूलो प्रिमियम मल्टिब्राण्ड इलेक्ट्रोनिक्स यस शोरुमको बिहीबार गोदरेज अप्लाइन्सेजका एक्सपोर्ट हेड सलाम सिंह र चौधरी ग्रुपका म्यानेजिङ डाइरेक्टर निर्वाण चौधरीले उद्घाटन गरे । 

शोरुम वसुन्धारामा रहेको विशाल भवनमा रहेको छ  । नयाँ शोरुमबाट ग्राहकहरुले एलजी, सिजी, गोदरेज, टिसिएल, सेन्सेइ, केन्ट, पिजन, एलिका, ब्याक डेकर, बेको तथा माईडिया जस्ता ब्राण्डका सात सातसय भन्दा धेरै घरायसी उपकरणहरु खरिद गर्न सक्नेछन् ।

Advertisement

नयाँ शोरुम शुभारम्भका अवसरमा कम्पनीले आफ्ना उपकरणको खरीदमा विशेष छुट र  पक्का उपहार प्रदान गर्नुका साथै ग्राहकको सुविधाको लागि  निःशुल्क सामान डेलिभरी,  लोयल्टी प्रोग्राम,  निःशुल्क जडान, डेमो, शुन्य प्रतिशत ब्याजदरमा किस्तावन्दी, एक्सचेन्ज अफर जस्ता सुविधा पनि उपलब्ध गराइएको छ । 

Advertisement

Advertisement