आन्तरिक उडानका वायुसेवा कम्पनीहरुले जनतालाई दुःख दिएर धेरै पैसा कमाएः अधिकारी

Advertisement

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जनतालाई दुख दिएर आन्तरिक उडानका वायुसेवा कम्पनीहरु धेरै पैसा कमाउन लागे  सैह्य नहुने चेतावनी दिएका छन् । 

बिहीबार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको वाइडवडी जहाज परीक्षण उडानपछि बोल्दै उनले आन्तरिक उडानका वायुसेवा कम्पनीले रात्रिकालीन उडानको योजना कार्यान्वयन नगर्ने बताएसँगै यस्तो चेतावनी दिएका हुन् । 

Advertisement

उनले अहिले विमानस्थलमा दुध खाने बच्चा बिरामी, सुत्केरी घण्टौं घण्टा विमानस्थलमा बस्नुपर्दा जनतालाई मार परेकाले घण्टौं विमानस्थलमा बस्नुपर्ने समस्या समाधानको लागि आन्तरिक विमानस्थलहरु १८ घण्टा र अन्तर्राष्ट्रिय विमानस्थहरु २४ सै घण्टा सञ्चालन गर्ने निर्णय गरिसकेको स्पष्ट पारे । 

महानिर्देशक अधिकारीले आन्तरिक उडानका वायुसेवा कम्पनीले १८ घण्टा उडान गर्न असक्षम छौं भनेर विज्ञप्ति जारी गरेकोप्रति असन्तुष्टि जनाए । आन्तरिक उडानका वायुसेवा कम्पनीले अब ११ बजे उडान गर्ने भए ११ बजेको टिकट बेच्ने, ३ बजे उडान गर्ने भए ३ बजेको नै टिकट बेच्नुपर्ने भन्दै अधिकारीले जनतालाई ३ बजेको टिकट बेचेर ११ बजे उडाउने, विज्ञप्ति निकाल्ने, ठाउँ ठाउँमा गएर लविङ गर्ने काम बन्द गर्न आग्रह गरे । 

उनले जनतालाई दुख दिएर गरेको व्यापार नटिक्ने र टिक्न पनि नदिने बताए । पैसा कमाउँदा जनतालाई दिएको असुविधा वायुसेवा कम्पनीहरुले बिर्सनु नहुने भन्दै अधिकारीले जनताको सुविधा हेरेर पैसा कमाए वायुसेवा कम्पनीलाई प्राधिकरणले गर्नुपर्ने सहयोग गर्न तयार रहेको बताए । 

त्यस्तै, महानिर्देशक अधिकारीले तत्काल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडानमा देखिएको ट्राफिक जाम समाधान गर्नको लागि जेठ २ गतेदेखि २४ घण्टा सञ्चालनमा ल्याउन लागिएको बताए । उनले जेठ २ गतेदेखि नै गौतमबुद्ध विमानस्थल पनि २४ सै घण्टा सञ्चालन आउने बताए । 

महानिर्देशक अधिकारीले नेपालमा अब दुई वटा अन्तर्राष्ट्रिय विमानस्थल भएर पनि नपुग्ने भएकाले चन्द्रगढिदेखि धनगढिसम्मका ७ वटा तराईका विमानस्थल विमानस्थलहरु रातको १२ बजे अर्थात १८ सञ्चालन सुरु गरिएको बताए । 

Advertisement

Advertisement