आईओसीबाट बढेर आयो पेट्रोलिमय पदार्थको मूल्य, १५ दिनमा ५ अर्ब घाटा हुने

Advertisement

काठमाडौँ । नेपाल आयल निगमले इण्डियन आयल कर्पोरेशन(आईओसी) बाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको जनाएको छ । 

निगमले आज विज्ञप्ति प्रकाशित गर्दै अन्तर्राष्ट्रिय बजारमा प्रशोधित तेलको मूल्य अझै बढेर गएको जनाएको छ । निगमलाई आज प्राप्त नयाँ खरिद लागत मूल्य अनुसार पेट्रोलमा रु. २३.०३, डिजलमा रु. ४०.१३ घाटा, मट्टितलेमा रु. २.८२ नाफा, हवाई इनधन (आन्तिरिक तर्फ) मा रु. १२.६४ र बाह्यतर्फ रु. ६४.६९ नाफा र एलपी ग्यासमा प्रतिसिलिण्डर रु. १०५०.१८ घाटा हुने सहप्रवक्ता पुस्कर कार्कीले जनाएका छन् । 

Advertisement

यसरी नयाँ खरिद लागत मूल्य अनुसार निगमलाई समग्रमा आगामी १५ दिनमा करीब ५ अर्ब १९ करोड घाटा हुने प्रक्षेपण गरिएको छ । 

सरकारको मातहतमा रहेको मूल्य स्तरीकरण कोष लगायत अन्य सञ्चिति कोषका सबै रकमहरु विगतको घाटा पूर्ति गर्दा सकिएको छ ।  मे महिनामा इण्डियन आयल कर्पोरेशनलाई भुक्तानी गर्न करी १० अर्ब भन्दा बढी नपुग हुने देखिन्छ । नपुग रकमको जोहो गर्न सरकार र अन्त्य वित्तीय संस्थाहरुबाट ऋण लिई आपूर्ति सहज बनाई राख्नु पर्ने बाध्यता निगमलाई रहेको सहप्रवक्ता कार्कीद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।  

Advertisement

Advertisement