इन्भेष्टमेन्टसँगको मर्जर तोड्ने हिमालयन बैंकलाई उच्च अदालतको साथ, लाभांश नरोक्न निर्देशन

Advertisement

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकसँग हुन लागेको मर्जर प्रक्रिया तोडेको हिमालयन बैंकलाई उच्च अदालतले उल्टै साथ दिएको छ । पाटन उच्च अदालतले हिमालयन बैंकको लाभांश नरोक्न नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको छ । 

मर्जर तोडेको सजाँयस्वरुप राष्ट्र बैंकले उक्त बैंकलाई लाभांश वितरण गर्न रोक लगाएको थियो । राष्ट्र बैंकले इन्भेष्टमेन्ट वा अर्को कुनै बैंकसँग मर्जरमा नगएसम्म कारवाही फुकुवा नगर्ने बताउँदै आएको बेलामा पाटन उच्च अदालतले कारवाही फुकुवा गर्न आदेश दिएको हो ।  

Advertisement

अदालतले हिमालयन बैंकलाई लाभांश वितरणमा लगाइएको रोक हटाई तत्काल लाभांश वितरणको व्यवस्था मिलाउनु भन्दै राष्ट्र बैंकलाई निर्देशन दिइएको छ । लाभांश वितरण रोक्न लगानीकर्तालाई मर्का परे पनि बैंकलाई कारवाही अपुग भएको राष्ट्र बैंकका अधिकारीहरुले बताउँदै आएका थिए । 

हिमालयन बैंकभित्रको स्वार्थ समूहले मर्जरसम्वन्धी विशेष प्रस्ताव साधारणसभामा फेल गराउने काम गरेको थियो । मर्जर भाँडिएसँगै राष्ट्र बैंकले दुवै बैंकलाई लाभांश वितरणमा रोक लगाएको छ । हिमालयन बैंकले शेयरधनीहरुलाई आर्थिक वर्ष २०७७–७८ को नगद लाभांश वितरण गर्नसक्ने अवस्था रहेकाले यसका लागि आवश्य जे जे गर्नुपर्ने हो, गरी नगद लाभांश वितरण गर्न उच्च अदालतले आदेश दिएको छ । 
 
बैंकले गत आर्थिक वर्षको नाफाबाट २१.३८ प्रतिशत बोनश शेयर र कर प्रयोजनकालागिग ४.६२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो । 

Advertisement

Advertisement