कांग्रेसलाई पनि कलाकार भित्राउने रहर, भुवन केसी, स्वेता खड्कालाई देउवाले टीका लगाए

Advertisement

काठमाडौं । नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी कलाकारहरु भित्राउँदै आएको बेला सत्तारुढ गठवन्धनको एक घटक नेपाली कांग्रेसले पनि मंगलबार केही कलाकारलाई पार्टी प्रवेश गराएको छ । 

अभिनेता भुवन केसी, अभिनेत्री स्वेता खड्का र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का कांग्रेस प्रवेश गरेका हुन् । आज बिहान कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले उनीहरुलाई टीका लगाएर पार्टीमा भित्राए । 

Advertisement

उनीहरूलाई भित्राउन वरिष्ठ कलाकार नीर शाहले भूमिका खेलेका थिए । अभिनेता केसी यसअघि काठमाडौं महानगरपालिकाको मेयर उठ्ने हल्लासमेत चलेको थियो । तर पछि उनले फेसबुकमार्फत आफू मेयर नउठ्ने बताएका थिए । 

Advertisement

Advertisement