डिशहोमको डीटीएस प्रविधिको टेलिभिजन सिग्नल ९९ प्रतिशत भरपर्दोः अध्ययन

Advertisement

काठमाडौं । देशभरी गरिएको अध्ययनले डिश मिडिया नेटवर्कको ‘डाइरेट टू होम’ प्रविधिमा आधारित टेलिभिजन ९९ प्रतिशत भरपर्दो रहेको पाइएको छ । डिशहोम ब्राण्डमा टेलिभिजन सेवा प्रदान गर्दै आएको यस कम्पनीका ग्राहकले कम्पनीले उपलब्ध गराएका च्यानलहरु विस्तृत दायरामा हेर्ने कुरालाई मात्रै एक मात्रै चिन्ताको रुपमा औंल्याएका छन् । 

पानी तथा हिउँ पर्दाको अवस्थामा कहिले काहींबाहेक डिशहोमले उपलब्ध गराएका टेलिभिजन च्यानलहरु गुणस्तरीय रहने गरेको अध्ययनमा पाइएको छ । समस्या दोहोरिएको अवस्थामा छिटोभन्दा छिटो प्रणालीको निरीक्षण गरी समस्या समाधानमा आफ्नो प्राविधिक टिम लाग्ने गरेको बताउँदै कम्पनीले केवलमा भन्दा आफूहरुको सेवा अवरुद्ध हुने कुरामा बढी सुरक्षा रहेको बताएको छ । 
केवल टेलिभिजनका भूमिगत तथा बाह्यरुपमा तारहरु निर्माण कार्य हुँदा, मर्मत कार्य हुँदा, रुखका हाँगा भाँचिएर खस्दा र मौसमका अरु कारणले अवरुद्ध हुने गरे पनि डिशहोम ती समस्याबाट मुक्त रहेको भन्दै कम्पनीले आफ्नो सेवामा मर्मतकर्तालाई बारम्बार बोलाउनुपर्ने र लामो समय टेलिभिजन सेवाबाट विमुख हुनुपर्ने अवस्था नरहने बताएको छ । 
 

Advertisement

Advertisement

Advertisement