गायक राजु लामाले सगरमाथाको ६,५७४ मिटरको उचाइमा एकल कन्सर्ट गरेर बनाए विश्व कीर्तिमान

Advertisement

काठमाडौं। चर्चित गायक राजु लामाले सर्वोच्च शिखर सगरमाथाको ६,५७४ मिटरको उचाइमा एकल कन्सर्ट गरेर विश्व कीर्तिमान राखेका छन्। जलवायु परिवर्तनको असरबारे सन्देश दिन उनले सगरमाथाको क्याम्प–२ र क्याम्प–३ बिचमा पुगेर एकल कन्सर्ट गरेर हुन् ।

लामाले कर्पोरेट नेपालसँग कुरा गर्दै ‘त्यति उचाइमा साङ्गीतिक कार्यक्रम गर्न सहज नभए पनि जलवायु परिवर्तनको सन्देश दिन आफूले क्याम्प–२ र क्याम्प–३ बिचमा ६,५७४ मिटरको उचाइमा पुगी कन्सर्ट गरेको बताए । 

Advertisement

उनले भने, ‘कन्सर्ट एकदम राम्रो भयो र अरु बेला गर्ने कन्सर्टहरुमध्य यो अनुभव फरक रहयो ।’ फरक भन्दा एक त चिसो, उचाइमा, अक्सिजन अलि कम, यहाँ सजिलो थिएन् । तर रमाइलो रह्यो ।’ जलवायु परिवर्तन र दैनिक जीवनमा विश्वभरी यसको प्रभावबारे सचेतनाको सन्देश दिन पाउँदा र हाम्रो अभियानलाई अगाडी बढाउन पाउँदा खुःसी लागेको गायक लामाले बताए।

उनले अप्रिल २८ तारिखका दिन एकल कन्सर्ट गरेका थिए । लामा अहिले सगरमाथा बेस क्याम्पमा रहेको बताए । उनले थपे, ‘मेरो सार्वजनिक नभएको गीत ‘हिमालले डाक्यो मलाई, पहाडले सम्झियो मलाई, त्यसैले त फकिए म आफ्नै नेपालमा, मेरो हिमालमा’ बोलको नयाँ गीत यहाँ गाएँ ।’ 

लामाले यो गीतमा आफूहरुले प्राकृति, आफ्नो संस्कृतिलाई जोगाउनुपर्छ, र जलवायु परिवर्तनको कुराहरुलाई पनि समिटेर बनाएको बताए । उनले मंगोलियन हार्ट ब्यान्डका चर्चित गीतहरू पनि गाएका थिए। लामाले आफ्नो एकल कन्सर्ट २५–३० मिनेटको रहेको जानकारी दिए ।

लामाले भने, ‘६५०० मिटरभन्दा माथिको उचाइमा गीत गाउन सजिलो छैन्  । तर मलाई त्यहाँको पातलो हावा र चुनौती मन पर्यो।’ कार्बन उत्सर्जन घटाउन, पर्यटन प्रवर्द्धन गन र संगीत तथा हिमालको नातालाई गाडा बनाउन आफू सगरमाथा आरोहण गर्न लागेको उनले बताए । यसअघि लामाले लोबुचे पिकको सफल आरोहण गरेका थिए ।

Advertisement

Advertisement