मुक्तिनाथ विकास बैंकको सीईओमा पुनः प्रद्युमन पोखरेल नियुक्त

Advertisement

काठमाडौँ । मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः प्रद्युमन पोखरेल नियुक्त भएका छन् । 

मंगलबार बसेको बैंकका सञ्चालक समितिको बैठकले उनलाई दोस्रो कार्यकालका लागि सीईओ पदमा नियुक्त गरेको हो । उनी यसअघि २०७५ जेठ १ गतेबाट बैंकको सीईओको जिम्मेवारीमा थिए र उनको दोस्रो कार्यकाल आगामी जेठ १ गतेबाट लागु हुनेछ । 

Advertisement

विगत तीन दशक भन्दा धेरै बैंकिङको क्षेत्रमा अनुभव रहेको पोखरेलले नबिल बैंक, मेगा बैंक नेपालमा उच्च स्थानको नेतृत्वमा विभिन्न जिम्मेवारी सम्हालेका थिए ।  २०७३ मंसिर १९ गतेदेखि उनी बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत भएर प्रवेश गरेका थिए । 

हाल उनी डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालका अध्यक्ष र नेपाल व्यवस्थापन संघको कार्यकारिणी समिति छन् । 

Advertisement

Advertisement