काठमाडौँ । वाणिज्य बैंकहरुमा पछिल्लो साता एक अर्ब निक्षेप बढ्दा कर्जा लगानी ३ अर्ब बढेको छ ।
नेपाल बैंकर्स संघले आज प्रकाशित गरेको तथ्याङ्क अनुसार बैशाख १६ गतेसम्म कूल निक्षेप १ अर्ब बढेर ४३ खर्ब ६८ अर्ब पुगेको छ ।
त्यस्तै बैशाख १६ गतेसम्म कूल कर्जा लगानी ३ अर्बले बढेर ४१ अर्ब ९७ अर्ब पुगेको छ ।
बैंकर्स संघका अनुसार वाणिज्य बैंकहरुमा चैत मसान्तसम्म कूल निक्षेप ४३ खर्ब ८९ अर्ब थियो भने कूल कर्जा लगानी ४१ खर्ब ९७ अर्ब थियो । यसरी हेर्दा बैशाख लागेपछि २१ अर्ब निक्षेप घटेको छ भने कर्जा लगानी स्थिर छ ।