एनआईसी एशिया बैंकका ग्राहकलाई स्वास्थ्य परीक्षणमा २५ प्रतिशत छुट

Advertisement

काठमाडौँ । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई महाराजगन्ज प्लाजामा रहेको ग्यालेक्सी स्पेसियालिटि क्लिनिकमा विभिन्न रोग सम्बन्धी विशेषज्ञ सेवा र काठमाडौं प्याथल्याव एण्ड डायग्नोस्टिक सेन्टरमा ल्याब टेष्ट गर्दा २५ प्रतिशत छुट उपलब्ध हुने गरी सम्झौता भएको छ । 

उक्त समझदारीपत्रमा बैंकको तर्फबाट लाइफस्टाइल युनिभर्स प्रमुख विमल लम्साल तथा क्लिनिक एवं सेन्टरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प लामिछानेले हस्ताक्षर गरेका छन् । 

Advertisement

समझदारी अनुसार यस बैंकका ग्राहकहरुले सेवा लिएवापत डिजिटल भुक्तानी गर्दा २५ प्रतिशत छुट उपलब्ध हुने व्यवस्था गरिएको हो । बैंकका ग्राहकहरुले क्लिनिकबाट रक्तअल्पता, फोक्सो एवम् श्वास–प्रश्वास, उच्च रक्तचाप, दम, बाथ, मुटु लगायतमा विशेषज्ञ सेवाहरु तथा सेन्टरबाट परीक्षणहरु गर्न सक्ने व्यवस्था रहेको छ । 

बैंकले मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ । 
 

Advertisement

Advertisement