मिस युनिभर्स नेपालका लागि आवेदन खुल्यो, विजेतालाई रु. १० लाख र विद्युतीय स्कुटर

Advertisement

काठमाडौं। मिस युनिभर्स नेपाल २०२२ को आवेदन खुला भएको छ । बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा मिस युनिभर्स नेपाल २०२२ को तेस्रो संस्करणबारे जानकारी दिइयो । 

तर यस प्रतियोगितामा सहभागीका लागि उचाई र तौलको मापदण्ड भने अझै तोकिएको छैन् । उमेर भने १८ देखि २८ बर्षको हुनुपर्ने, समलैंगिक महिला र आप्रवासीहरुले पनि भाग लिन पाउने आयोजकको भनाई छ । 

Advertisement

प्रतियोगिताकी नेपाल निर्देशक नग्मा श्रेष्ठका अनुसार प्रतिस्पर्धालाई समावेशी बनाउन नियमहरुलाई खुकुलो बनाएको बताइन् । उनले आवेदन दर्ता बिहीबारदेखि दुई महिनासम्म खुला हुने जानकारी दिइन् । 

एन्ड्रोइड र एप्पल स्टोरबाट प्रतियोगिताको एप डाउनलोड गरेर आवेदन दर्ता गर्न सकिने यो प्रतियोगितामा आउँदो अगस्ट ८ देखि बन्द सत्र सुरु हुनेछ । आजै प्रतियोगिताको एप्लिकेशन पनि लञ्च गरियो।

मिस युनिभर्स नेपाल २०२२ विजेताले १० लाख नगदसहित विद्युतीय स्कुटर पुरस्कार पाउने छिन । प्रतियोगितामा चारजना उपविजेता घोषणा हुने र उनीहरुले अर्को वर्ष हुने प्रतियोगितामा भाग लिन नपाउने आयोजकको भनाई छ । 

मिस युनिभर्स नेपाल २०२२ को आयोजक उमंग क्रिएसन हो । कार्यक्रममा मिस युनिभर्स नेपाल २०२१ विजेता सुजिता बस्नेतले यो सौन्दर्य प्रतियोगिता मात्रै नभएर नेतृत्व विकासको मञ्च पनि भएको बताइ्न । 

Advertisement

Advertisement