विदेशमा रहेका नेपालीलाई दुई महिनाभित्रै आईपीओमा कोटा, एनआरएनलाई तीन महिनाभित्र

Advertisement

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले २ महिनाभित्रै विदेशमा रहेका नेपाली श्रमिकले साधारण शेयर (आईपीओ)मा कोटा दिने व्यवस्था गर्ने बताएका छन् । नेपाल उद्योग बाणिज्य महासंघले शुक्रबार गरेको शेयर बजारसम्वन्धी कार्यक्रममा उनले श्रमिकले साधारण शेयर (आईपीओ)मा कोटा दिन कार्यविधि बनिरहेकाले मन्त्रिपरिषद्बाट पास हुने बितिकै लागू गरिने बताए । 

हमालले पछिल्लो समय अत्याधिक रुपमा शेयर बजारमा उतारचढाव आउनु सबै क्षेत्रको लगानी सन्तुलन नहुनु भएको बताए । बजारमा ठूलो लगानी भएको क्षेत्र समावेश गराउने प्रयास भइरहेको भन्दै हमालले शेयर बजारमा ठूला रियल क्षेत्रका कम्पनीलाई बुक विल्डिङमार्फत ल्याइने बताए । 

Advertisement

रियल क्षेत्रका कम्पनीलाई शेयर बजारमा बुक विल्डिङमार्फत बजारमा ल्याउन चुनौती रहेको उनको भनाई छ । हमालले पछिल्लो समय बुक विल्डिङ सिस्टमका विषयमा गलत प्रचार भएकाले त्यसलाई  पारदर्शिता बनाएर लानुपर्ने बताए । 

उनले भने, ‘अहिले शेयर बजार उतारचढाव भइरहेको छ । बजार उतार चढाव हुनुको के के कारण छन भन्दा केले बजार उतार चढाव भइरहेको छ । जुन नहुन्ु पर्ने हो । एउटा सेक्टर ड्राइभिकेशन छैन । म बोर्डमा आएको ७६ दिन भयो । मेरो कार्यकाल सानो भएको हुनाले दिन काउण्ट गरिरहेको छ ।  मलाई उपलब्धि पनि त्यही अनुसार चाहिएको छ । नेप्सेमा ठूला उद्योगलाई ल्याउनु पर्छ । त्यसमा रियल क्षेत्रका कम्पनीहरुलाई बुक विलडिङ सिस्टमबाट एकदमै फियर, ट्रान्सप्यारेन्ट तरिकाबाट अगाडि बढाउनुपर्ने छ । त्यसमा धितोपत्र बोर्डले अभिभावको भूमिका खेल्छ र लिड गर्छ । पहिला जे भयो, त्यसले बजारमा नराम्रो सन्देश दिएको छ ।’ 
उनले थपे, ‘पुँजीबजारमा स्ट्यालिष्ट कम्पनीहरु प्रिमियममा आउँदा ठूला संस्थाले जनताले लाभ लिने नकारात्मक कुराहरु बजारमा प्रशस्त पाइन्छ । हामीले त्यसलाई चिर्नु पर्ने छ । बुक विल्डिङ सिस्टम छ त्यो एकदमै पारदर्शिता हुनुपर्छ । नकरात्मक कुरालाई सकारात्मक कुरामा बदल्न सकौं । रियल क्षेत्रका कम्पनी ल्याउन चुनौती हो । त्यसमा हामी चुक्नु हुँदैन । हामीले श्रमिकमा नेपाल सरकारको श्रम स्वीकृति लिएर गएका श्रमिकहरुलाई प्राइमरी शेयरमा कोटा निर्धारण गर्ने रेमिटेन्सलाई बैंकिङ च्यानलबाट ल्याउनलाई मोटिभेसन गर्ने विषय दुई महिना भित्रमा कार्यान्वयन गछौं ।’ 

हमालले एनआरएनलाई पनि ३ महिना भित्रमा नेपाली शेयर बजारको सेकेण्डरी मार्केटमा लगानी गर्न दिने व्यवस्था गर्ने बताए । उनले नेपाल सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णय अनुसार शेयर मार्केट शुक्रबार पनि खोल्ने निर्णय गरिएको जानकारी दिए । 

Advertisement

Advertisement