दोस्रो एकदिवसीय खेलमा जिम्बावे ‘ए’ नेपालसँग पराजित

Advertisement

काठमाडौँ । शनिबार भएको दोस्रो एकदिवसीय खेलमा नेपालले जिम्बावे ‘ए’लाई ९ विकेटले हराएको छ । कीर्तिपुरस्थित खेल मैदानमा भएको खेलमा जिम्बावे ुएु ले दिएको ८८ रनको लक्ष्य नेपालले ११.२ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्न सफल भएको हो । 

नेपालका लागि सुनील धमलाले ३८ रन बनाए भने आसिफ शेखले नटआउट रहँदै ३४ रन बनाए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावे ए ३१.५ ओभरमा ८७ रन मात्र बनाएर अलआउट भएको थियो । 

Advertisement

नेपालका लागि करण केसी र सोमपाल कामीले ३–३ विकेट लिए भने कप्तान सन्दीप लामिछानेले २ विकेट लिए । त्यस्तै, सागर ढकालले १ विकेट लिए । शुक्रबारको पहिलो एकदिवसीय खेलमा भने नेपाल जिम्बावेसँग ३ विकेटले हारेको थियो । 

तीन वटा ट्वान्टी–२० र तीन वटा एकदिवसीय शृंखला खेल्न जिम्बावेको ुएु टिम नेपाल आएको हो । ट्वान्टी–२० शृंखलामा एक–एक खेल दुवै टिमले जितेको थियो भने एक खेल पानीका कारण रद्द भएको थियो । 

Advertisement

Advertisement