हाम्रो आर्थिक वृद्धिदर आयात दरसँग तुलनै गरिन्न, यस्तो आर्थिक वृद्धिको कुरै नगरौंः रोका

Advertisement

काठमाडौं । अर्थ राजनीतिक विश्लेषक हरि रोक्काले मुलुकको पुँजीगत खर्च गर्ने निकायहरु नै काम गर्न लायक नभएको बताएका छन् । राजधानीमा शनिबार आयोजित बजेटसम्वन्धी एक कार्यक्रममा उनले अर्थतन्त्र सुधारका लागि संरचना नै परिर्वतन गरेर नयाँ बनाउनुपर्ने बताए ।

रोक्काले नेपालबाट निर्यात हुने उद्योगहरुको भ्यालु इडिसन हुनुपर्ने बताए । उनले त्यस्ता उद्योगमा सामान्य मानिसहरुलाई रोजगारीको व्यवस्था गरे मात्रै मुलुकको आर्थिक उन्नती हुने बताए । रोक्काले हामीले आर्थिक वृद्धिदरको हिसाव गर्न छाड्नुपर्ने बताए ।

Advertisement

उनले भने, ‘हाम्रो जुन आर्थिक वृद्धि छ । त्यो आर्थिक वृद्धिको हिसाबकिताब गर्न छाडिदिनु पर्छ । हाम्रो आर्थिक वृद्धिदरलाई आयात रेटसँग कहिले पनि तुलना गरेर गर्न सकिरहेका छैनौं । त्यसलाई छाडिदिने हो वा कम गर्ने हो भने मात्रै वृद्धिदर ६–७ वा १० प्रतिशत हुन सक्छ ।’ 

रोकाले थपे, ‘हाम्रो अर्थतन्त्रको खर्च गर्ने संरचनामा नै समस्या छ । संरचनागत रुपमा नयाँ खालको परिर्वतन नगरी केही कुरा लागू हुँदैन । जस्तो अर्थमन्त्रीले हरेक महिना १० प्रतिशतका दरले पुँजीगत खर्च बढाउने भन्नुभएको थियो । तर त्यो कार्यान्वयन हुन सकेन् । हाम्रो पुँजीगत खर्च गर्ने निकायहरु काम गर्न लायक नै छैनन् । कुनै मन्त्रालयले आफ्नो कोटा पूरा गर्दैन ।’ 

उनले थप भने, ‘नेपालको कार्पेटको भ्यालु एड हुँदैन । गार्मेन्टमा अझ उत्पात छ । कपडा, सिलाउने, सिउने मेसिन बाहिरबाट आउँछ । यहाँ एउटा लगानीकर्ता र घरभाडा मात्रै प्राप्त गर्ने हो । मुख्य निर्यात वस्तुको यस्तो अवस्था छ । हाम्रो त्यस्तो खालको अर्थतन्त्र वृद्धि गर्यो भने पनि सामान्य मान्छेको वृद्धि हुँदैन ।’

Advertisement

Advertisement