नेपाली शैलीको अदभूत सिर्जनाः बसेरा बुटिक होटल

Advertisement

काठमाडौं। बसेरा बुटिक होटल सबैभन्दा प्रामाणिक होटल हो जुन राजधानी काठमाडौंको मुटुमा रहेको छ ।आकर्षण र सुविधासम्पन्न यो होटल आफ्ना साथीभाई, परिवार र प्रियजनहरूसँग समय बिताउने र आनन्द लिने उत्कृष्ट स्थल मात्रै नभएर बैठक, सेमिनार गर्ने उपयुक्त ठाउँ बनेको छ । 
 
कलात्मकरुपमा बनाइएको यो बुटिक होटल सञ्चालनमा आएको दुई बर्ष मात्रै भयो । अवस्थिति र कलात्मकता, पाउनाको आथित्यता, स्वादिष्ट  परिकारहरुका कारण पनि तारे होटलहरुमा बसेरा बुटिक होटल विशिष्ठ बन्न पुगेको हो ।    

यस होटलमा ५६ वटा रुम रहेको छ भने रारा हल, तिलिचो हल र मिलन हल नामका साना हलका साथै तीन हजार पाँच सय जनाका लागि हुने ब्याङ्क्वेट हल, व्यायामशाला, होटलको माथिल्लो भागमा पौडी पोखरीको व्यवस्था रहेको छ ।

Advertisement

होटल सञ्चालक सुलभ पण्डितले आफूहरुको स्पा र सौनाका साथै, फिटनेस सेन्टरको पनि मज्जा लिन सकिने बताए । बसेरामा तीन वटा रेस्टुरेन्ट र डाइनिङको सुविधा पनि छ । बेस क्याम्प क्याफेमा चिसो साँझमा तातो कफीको चुस्की लिँदै सडकका दृश्य अवलोकन गर्न सकिन्छ । कफीको साथमा ब्रेड, डोनट्स, केक, कुकिज, क्रोइसेन्ट र अन्य बेकरी परिकारहरू पनि होटलले प्रदान गर्दै आएको पण्डितले बताए । 

बेस क्याम्प क्याफेमा धेरै समय नलाग्ने बर्गरलगायतका फ्यास्ट फुड्को पनि व्यवस्था रहेको छ । उनले आफूहरुले फास्ट  फुडलाई प्रवर्द्धन गर्न खोजिरहेको बताए । 

द–मन्त्र क्याफेमा नयाँ फ्युजन प्रविधिहरूको साथमा परिष्कृत र रचनात्मक बहु–व्यञ्जनलाई जोड दिइएको छ । मेनुमा परम्परागत खालका क्लासिक फ्लोराइट र मौलिक नयाँ परिकारहरू समावेश गरिएको छ । आफूहरुले खाना पकाउने शैली,, प्रविधि र प्रस्तुतीकरणलाई नयाँ बनाउन कडा मिहिनेत गर्ने गरेको बताउँदै पण्डितले मन्त्र रेस्टुरेन्ट स्टाइलिस पनि रहेको बताए । 

खुला भान्साको भोजन शैलीको साथ भारतीय खाना र समुद्री खानाको विशेषताहरूको विस्तृत मेनुको साथमा काठमाडौंका उत्कृष्ट रेस्टुरेन्टहरूमध्ये उच्च स्थान बनाउन सफल भएको पनि होटलले जनाएको छ । द–मन्त्र क्याफेमा मल्टिक्विजिन जस्तैः इटालियन र इन्डियनको व्यवस्था छ । 

द–मन्त्र बारमा आराम र प्रामाणिक ककटेलको चुस्कीको साथ सबै सुविधाहरूको विशेष साँझको आनन्द लिर्न सकिने पण्डितले बताए । 

होटलको आठौं तलाबाट काठमाडौंको दृश्यावलोकन गर्दै रमाइलो वातावरणमा स्वादिलो परम्परागत थकाली खाना खान सकिन्छ । उनले भने, ‘हामी भान्सामा ताजा, स्वस्थ र अर्गानिक थाकली खाना र अन्य नेपाली व्यञ्जनहरू जस्तैः नेपाली खाजा सेट, विभिन्न प्रकारका मःमःहरू र अन्य स्वादिष्ट पेय पदार्थहरू उपलब्ध गराउँछौं । ताजा हावा र भान्साको वरिपरि घुम्ने वातावरणको साथ खाना पकाउने प्रक्रियाको आनन्द लिन सकिन्छ । त्यस्तै, भान्सामा चाहीं पूरै नेपाली खानाको व्यवस्था छ । 

भ्यालेट पार्किङ, डबल बेसमेन्ट पार्किङ रहेको बसेराले अथितिहरुलाई परम्परागत नेपाली आतिथ्यतामार्फत स्वागत गर्ने गर्दछ । बसेरामा ग्राहकहरुको आवश्यकता र चाहनाअनुसार हेरिटेज डिलक्स रुप, हेरिटेज सुपर डिलक्स रुम, हेरिटेज स्विट रुम, रोयल स्विट रुमहरु रहेका छन् । यी रुमहरुबाट पहाडको दृश्यको साथ राजधानी शहरको दृश्य अवलोकन गर्न सकिन्छ । रुमहरु हेरेर एलईडी टिभीहरु, कफिमेकर, वाइफाइ, पानीको बोतल जस्ता सुविधाहरू रहेको हुन्छ । होटलको पहिलो  तल्लामा छ वटा रुमहरु छन् जहाँ सीमित संख्यामा मानिसहरु बसेर प्राइभेट मिटिङ गर्न सकिन्छ । 

पण्डितले थपे, ‘हामीले हाम्रा ग्राहकलाई अद्भुत खाना र पेय पदार्थहरूको अनुभवको साथ विभिन्न सुविधाहरू प्रदान गर्दछौं । हामीप्रति ग्राहकलाई चाहिने उपयुक्त रुमहरू उपलब्ध गराउँछौं । गुणस्तरीय रुम सेवाको साथ हाम्रो आरामदायी र फराकिलो कोठाहरूमा ग्राहकहरुले बिदाको आनन्द लिन सक्नुहुन्छ ।’

पण्डितले एक अग्रणी आथित्य ब्रान्डको रूपमा उत्कृष्ट र वास्तविक सेवा प्रदान गर्ने लक्ष्य काम गरिहेको बताउँदै बसेरा विशिष्ट र उत्कृष्ट होटल हो भन्ने कुरा यहाँ आउने हरेक अथितिहरुले महशुस गर्ने बताए ।

Advertisement

Advertisement