स्वास्थ्य क्षेत्रमा विशिष्ठ पहिचान बनाएको नेपाल ल्याब हाउस अब सातै प्रदेसमा विस्तार हुने

Advertisement

काठमाडौं । अत्याधुनिक प्रविधियुक्त भरपर्दो क्लिनिकको रुपमा चिनिदै आएको ‘नेपाल ल्याब हाउस’ले आफ्नो सेवा विस्तार गर्ने योजना बनाएको छ ।   

निजी क्षेत्रमा स्वास्थ्य परीक्षण प्रयोगशालाहरुमा अग्रणीरुपमा आफूलाई स्थापित गराउन सफल भइसकेको गौशालाको पिंगलास्थानस्थित नेपाल ल्याब हाउसले आफ्ना सेवा विस्तार गर्न लागेको जनाएको हो । 

Advertisement

यस संस्थाले ए ग्रेडसहित ‘ल्याब मल्टि–स्पेसियालिटि’ क्लिनिकको रुपमा समेत आफ्नो परिचय बनाउन सफल भएको छ । नेपाल ल्याब हाउसका प्रवन्ध निर्देशक डा. विदुरप्रसाद ओस्तीले  अहिले काठमाडौंमा मात्रै केन्द्रीत रहेको आफूहरुको सेवा बाहिर पनि विस्तार गरी सातै प्रदेशमा पुर्याउन लागेको जानकारी दिए । 

उनले नेपाल ल्याब हाउस अब नौलो नाम रहेन भन्दै छोटो समयमा  राम्रो लोकप्रियता हासिल गर्नुको पछाडि यसमा आवद्ध अनुभवी जनशक्ति र स्तरीय सेवा प्रमुख कारण  भएको बताए । 

उनले सातै प्रदेसमा ल्याब हाउसको सञ्जाल विस्तार गर्दा अपनाइने नमूनाको बारेमा समेत छलफल भइरहेको बताए । जुन प्रदेसमा नेपाल ल्याव हाउसको नयाँ शाखा खुल्छ सो ठाउँका स्थानीयलाई ५० प्रतिशत स्वामित्व दिने योजनासमेत रहेको छ । 

ल्याव हाउसले आफ्नो नयाँ शाखाहरुमा भरपर्दो जनशक्ति र प्रविधिक पठाउने भए पनि जुन ठाउँमा जास्तो किसिमको सेवा सुविधा आवश्यक छ सोही कुरालाई प्राथमिकता दिएर अघि बढ्ने डा. वस्तीले बताए । 

उनले भने, ‘समयमा नै रोग पत्ता लगाउन सकेमा नागरिकले करोडौं तिरेर गर्नुपर्ने उपचार केही हजारमा पनि संभव हुनसक्छ । हामीले रोग पत्ता लगाउने तथा त्यसको उपचार पद्दतीमा आवश्यक सेवाहरु दिँदै आएका छौं ।’ 

नेपाल ल्याब हाउसमा आएपछि बिरामीको रोग पत्ता लाग्ने मात्रै नभएर उपचारका लागि पनि विभिन्न सेवाहरु उपलब्ध रहेका छन् । यहाँ आवद्ध चिकित्सकहरु विभिन्न अस्पतालमा आवद्ध छन् भने अन्य अस्पतालमा आवद्ध विशेषज्ञ चिकित्सक तथा चिकित्सकहरुले आवश्यकताअनुसार नेपाल ल्याब हाउसमा उपचार सेवा दिने गर्छन् । 

हामीले गर्ने खानपानले पनि रोगहरु निम्त्याउन भूमिका खेल्ने भएकाले सन्तुलित भोजन सेवन गर्नका डा. वल्तीको सल्लाह छ । उनले भने, ‘तपाईंले घरमा खाने कुरामा लागेको थोरै ढुसी फाल्न अल्छी गर्दा त्यसले भोलि धेरै खर्च गराउँछ । पेटको रोग लाग्ने खतरा हुन्छ । अरु समस्याहरु निम्तिन सक्छन् ।’

ढुसीको साथै मदिरा सेवनले पनि स्वास्थ्यमा ठूलो असर पर्ने जान्दा जान्दै मानिसहरु मदिराप्रेमी बन्ने र विभिन्न रोगको शिकार हुने गरेको उपचारको अनुभव सुनाउँदै डा. वस्तीले नेपाल ल्याब हाउसले रोग पत्ता लगाउन र रोग पत्ता लागेपछि उपचारका लागि अन्यत्र धाउनुनपर्ने गरी सेवा दिइरहेको बताए । 

अहिले स्वास्थ्य संस्थाहरु छानीछानी जान मिल्ने अवस्था भए पनि मानिसहरुमा भरपर्दो स्वास्थ्य संस्था कुन हो ? कुनलाई रोज्ने अवस्था रहेको बताउँदै उनले नेपाल ल्याब हाउसलाई बुझेका र यहाँ सेवा लिएका मानिसहरु सकेसम्म अन्यत्र नजाने बताए ।

अन्तर्राष्ट्रिय उपचार पद्दतीलाई अपनाउँ भनेर नै एउटै मिसिनका लागि एक करोडदेखि डेढ करोडसम्म खर्च गरेर आफूहरुले आधुनिक र स्तरीय सेवा दिइरहेको डा. वस्तीले बताए । उनले लामो समय स्वास्थ्य सेवामा बिताइसकेका उनले आफूले स्वास्थ्य सेवाबाटै अवकाश पाएको र यस क्षेत्रसँग आफ्नो गहिरो सम्बन्ध रहेको अनुभव सुनाए । 

डा. वस्तीले भने, ‘म यही क्षेत्रमा लागें । यही क्षेत्रबाट धेरै कुरा सिकें । र अवकाश अवधिपछि पनि स्वास्थ्य क्षेत्रबाट छुट्टिन सकिन । अहिले नेपाल ल्याब हाउसमार्फत सेवा गरिरहेको छु ।’ व्यक्तिले जानेको सीप र ज्ञान सधैभरी काम लाग्ने भन्दै उनले अहिले पनि कोही बिरामी देखेमा निःशुल्क सल्लाह सुझाव दिने गरेको बताए । 

Advertisement

Advertisement