७९ लाख १९ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत, सूर्योदय लघुवित्त खारेज

Advertisement

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा ७९ लाख १९ हजार ८ सय ४८ कित्ता शेयर सूचीकृत भएको छ । 

साविकको सूर्योदय लघुवित्त वित्तीय संस्था र वोमी लघुवित्तबीच १ः१ को अनुपातमा मर्जर हुँदा प्रतिशेयर अंकित तथा चुक्ता मूल्य रु. १००/–  भएको उक्त परिमाणको शेयर सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको नाममा सूचीकरण गरिएको नेप्सेले जनाएको छ । 

Advertisement

साविकको वोमी लघुवित्तको ४९ लाख ४३ हजार ३ सय ३३ कित्ता र सूर्योदय लघुवित्तलाई खारेज गरी ७९ लाख १९ हजार ८ सय ४८ कित्ता साधारण शेयर सूर्योदय वोमी लघुवित्तका नाममा सूचीकरण गरिएको नेप्सेका अधिकृत नवराज थापाले जनाएका छन् । 

धितोपत्र सूचीकरणसँगै एसडब्लूएमएफ को सिम्बोलबाट कारोबार शुरु हुनेछ । उक्त कम्पनीको ओपन रेञ्ज प्रतिशेयर रु. १३७३.४० निर्धारण गरिएको छ ।  
 

Advertisement

Advertisement