रिभर फल्स पावरको आईपीओ बुधबारदेखि निष्काशन खुला

Advertisement

काठमाडौँ । रिभर फल्स पावर लिमिटेडले सर्वसाधारणका लागि बैशाख २८ गते बुधबारदेखि २७ लाख ३० हजार कित्ता आईपीओ निष्काशन खुल्ला गर्ने भएको छ । 

बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार उक्त कम्पनीको आईपीओमा लगानीकर्ताले जेठ ४ गतेसम्म आवेदन दिन सक्ने छन् । 

Advertisement

कूल निष्काशनमध्ये ५४ हजार ६ सय कित्ता शेयर कम्पनीको कर्मचारीको लागि र १ लाख ३६ हजार ५ सय कित्ता शेयर सामुहिक लगानी कोषका लागि छुट्याएर बाँकी रहेको २५ लाख ३८ हजार ९ सय कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् । 

लगानीकर्ताहरुले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्ने छन् । 

सर्वसाधारणका लागि छुट्याइएको २५ लाख ३८ हजार ९ सय कित्ता शेयर २ लाख ५३ हजार ८ सय ९० जनाले १०–१० कित्ताका दरले पाउने छन् । हिजोआज आईपीओमा २२–२३ लाख जनाले आवेदन दिन गरेकोले उक्त कम्पनीको आईपीओमा पनि १० कित्ताको लागि मात्र आवेदन दिनु उपयुक्त हुनेछ । 

कम्पनी यसअघि आयोजना प्रभावितलाई ७ लाख कित्ता आईपीओ बिक्री गरिसकेको छ । 

कम्पनीले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा अवस्थित पिलुवाखोलामा १०।३ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । 

Advertisement

Advertisement