आज (वैशाख २८)को राशिफलः कस्तो रहला तपाईंको पेशा, व्यवसाय, आर्थिक कारोबार ?

Advertisement

आज (वैशाख २८)को राशिफलः कस्तो रहला तपाईंको पेशा, व्यवसाय, आर्थिक कारोबार ?
आज वि.सं.२०७९ साल वैशाख महिनाको २८ गते बुधबार, वैशाख शुक्लपक्षको दशमी तिथि ।

मेष 
बोलीको प्रभावकारितामा ह्रास आउने छ । मनमा चञ्चलताका क्रम धेरै आउने हुँदा अस्थिरताको आभाष हुने छ । भविष्य प्रतिको चिन्ताले असाध्यै सताउने छ । जीवनसाथिको सल्लाह बमोजिम कदम चालेमा पेशागत जीवनलाई स्थिर बनाउन ठुलो मद्धत मिल्ने छ । अध्ययन अध्यापनमा सुस्ताता आउने छ । शेयर बजार औसत खालको हुने छ । 

Advertisement

वृष
पेशागत जीवन मध्यम रहने छ । झुटा आरोपहरु लाग्ने चुनौति रहेको छ । आम्दानीको अंश अनुत्पादक क्षेत्रमा डुब्ने चुनौति देखिएकाले निकै सोच विचार गरेर मात्र आम्दानीको प्रयोग गर्नु होला । दृढ खालको व्यक्तित्व हुने हुँदा अरुले हेप्न सक्ने छैनन् । कतिपय सन्दर्भमा कडाखालको सोच देखिने भएकाले यस्ता विषयमा ध्यान दिनु होला । शेयर बजारबाट फाइदा मिल्ने छ । 

मिथुन
पेशागत जीवनमा प्राप्त हुने नतिजाबाट व्यक्तित्वको ख्याति बढ्ने छ । तर आम्दानी भने सोचे जस्तो नहुँदा प्राप्त ख्याति धान्न मुस्किल पर्न जाने छ । परिवारमा सुमधुर सम्बन्ध देखा पर्ने र शान्तिपूर्ण वातावरण कायम रहने छ । व्यक्तित्व दृढ खालको हुने भएकाले अरुले हेप्न सक्ने छैनन् । घर घडेरी तथा जग्गा जमिन क्षेत्रबाट फाइदा प्राप्त हुने छ । शेयर बजारबाट लाभ हुन सक्ने छैन् ।

कर्कट
पेशागत जीवनमा उत्तनि तथा प्रगतिका क्षणहरु आउने छन् । जसले मनमा सन्तोष उत्पन्न गराई दिने छ । आम्दानीमा पनि बृद्धि हुने छ । प्रेममा सफलता मिल्ने छ । रिस भने कडा खालको हुने भएकाले यसको नियन्त्रणमा संयमित रहनु नै उपयुक्त हुने छ । बोली नरम हुने हुँदा अरुलाई नबिझाउने खालको स्वाभाव हुने छ । शेयर बजारबाट फाइदा मिल्ने छ ।

सिंह
मनमा दुविधाको क्रमहरु निरन्तर आइरहँदा पेशागत क्षेत्रमा असर पार्ने छ । पेशागत क्षेत्रमा चुनौतिहरु  उत्पन्न हुने छ, अवरोधहरु देखा पर्ने छन् । साझेदारीमा गरिएका कामहरुमा समस्याहरु देखा पर्ने भएकाले सतर्कतापूर्वक पाइला चाल्नु होला । आफ्नो सपना र लक्ष्य पुरा गर्नका लागि समर्पित हुने व्यक्तित्व हुने हुँदा अरुले पनि कदर गर्ने छन् । शेयर बजार मध्यम रहने छ । 

कन्या
पेशागत जीवनमा सकारात्मक नतिजाहरु हासिल हुने छन् । नरम र लचिलो प्रकृतिको व्यक्तित्व हुँदा सबैसँग मिलनसार बानी हुनेछ । आफ्नो कामप्रति मनमा दृढता आउने छ । परिवारमा हुने शान्तिपूर्ण वातावरणले गर्दा व्यक्तित्वमा दृढता आउने छ भने मनमा पनि सन्तोष उत्पन्न हुने छ । भाग्यको साथ रहेकाले आँटेका कामहरु पुरा हुने छन् । शेयर बजारबाट फाइदा मिल्ने छ ।

तुला
नयाँ क्षेत्रमा आवद्ध हुन उत्साह आउने छ । पेशागत जीवनमा उन्नति प्रगति तथा सकारात्मक अवस्थामा हुने छ । निर्वाह गरेको कार्यको उचित मुल्यांकन हुने छ । व्यावसायमा संलग्नहरुका लागि  नाफामा बृद्धि हुने र कमाईमा बढोत्तरी हुने छ । विदेश यात्रामा सफलता मिल्ने छ । बोलीको प्रभावमा कमि आउने छ । शेयर बजार मध्यम खालको रहने छ ।

वृश्चिक
धेरै बोल्ने बानीले कामहरु बिग्रने छन् । पेशागत जीवनमा अवरोधहरुको सामना गर्नु पर्ने छ । आरोप प्रत्यारोपको अवस्था आउने र त्यसको सामना गर्नुपर्ने छ । मनमा दुविधाको मात्रा धेरै आउने हुँदा निर्णय क्षमतामा कमि आउने छ । व्यक्तित्व भने दृढ प्रकृतिको हुँदाहुँदै पनि बौद्धिकताको अभावले गर्दा तालमेल मिलेको हुने छैन् । शेयर बजारबाट फाइदा मिल्ने छैन् ।

धनु 
पेशागत जीवनमा भनाभन र द्वन्दात्मक अवस्था आउने छ । प्रतिष्पर्धात्मक स्वाभाव हुने भएकाले अरुले हेप्न सक्ने छैनन् । संघर्षहरु गर्दै अघि बढ्नु पर्ने छ । निर्णय क्षमतामा कमि आउँदा लिनै पर्ने निर्णयमा पनि दोधारेपनाले निकै सताउने छ । साझेदारमा गरिएका कामहरुबाट राम्रो नतिजा आउने छ । बोलीको प्रभावकारीतामा गिरावट आउने छ । शेयर बजारबाट आँशिक फाइदा मिल्ने छ ।

मकर 
पेशागत क्षेत्रमा उन्नति प्रगतिको अवस्था आउने छ । कमाईमा पनि बृद्धि हुने छ । धर्म–अध्यात्ममा मन तिब्र बन्ने छ । मनमा भने सन्तोषको भाव आउने छैन, निराशाका क्रम मनमा देखिने छ । व्यावसायिक क्षेत्रमा आवद्धहरुको हकमा धेरै जोखिम लिने भन्दा निरन्तरताको योजना नै उचित हुने छ । मित्रहरुको बीचमा विश्वासको वातावरण आउने छ । शेयर बजारबाट भने अपेक्षाकृत लाभ मिल्ने छैन् । 

कुम्भ 
पेशागत जीवन मध्यम खालको हुने छ । दाम्पत्य जीवनमा प्रेमको वातावरण आउने छ । व्यक्तित्वमा प्रभावकारिता आउने छ । भाग्यको साथका कारण नविनता प्राप्त हुने छ । आम्दानीमा भने बृद्धि हुने छ । पारीवारिक जीवनमा खुशीको अवस्था आउने छ । यात्रामा सफलता मिल्ने छ । शेयर बजारबाट पनि फाइदा मिल्ने छ । 

मीन
पेशागत जीवनमा प्राप्त हुने प्रतिफलले ठुलो अर्थ राख्ने छ । पेशागत जीवनमा पदोन्नति तथा कदर प्राप्त हुने छ । कार्य मुल्यांकनमा सन्तोषजनक समय रहेकाले गरेका कामहरुको श्रेय आउने छ । नकारात्मक सपनाले भने  सताउने छ । भाग्यको बलियो साथ रहेकाले बोली प्रभावकारी बन्ने छ । शेयर बजारबाट फाइदा मिल्ने छ । 

(गुरु पन्त ज्योतिषी, पण्डित, आध्यात्मिक उत्प्रेरक, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement