नै महिनामै १४ खर्ब ६६ अर्बको आयात, निर्यात भने झण्डै ११ गुणा कम

Advertisement

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो नौ महिनामा १४ खर्ब ६६ अर्ब रुपियाँको आयात भएको छ । आायात कम गरी व्यापार घाटा कम गर्न चौतर्फी दबाब रहे पनि यस्तो घाटा भने बढ्ने क्रम जारी रहेको छ । 

नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको नौ महिनाको मुलुकको आर्थिक अवस्था हेर्दा आयात र निर्यातको अन्तर झण्डै ११ गुणा रहेको छ । समीक्षा अवधिमा आयात ३२ प्रतिशतले बढेको छ भने निर्यात जम्मा एक खर्ब ६० अर्बको भएको छ । यद्यपि यो बर्ष निर्यात ६९ प्रतिशतले बढेर त्यति पुगेको हो । अघिल्ला बर्षमा यस्तो अन्तर अझै धेरै थियो । 

Advertisement

निर्यात प्रतिशतमा सुधार देखिए पनि व्यापार घाटाको वृद्धिमा भने कुनै कमी आएको छैन् । नौ महिनामा व्यापार घाटा २८ दशमलव ५ प्रतिशतले बढेको छ । अघिल्लो बर्ष सोही अवधिमा यस्तो घाटा १२ दशमलव ५ प्रतिशतले मात्रै बढेको थियो । 

बढ्दो व्यापार घाटाका कारणसमेत वित्तीय क्षेत्रमा तरलता संकुचनका साथै विदेशी मुद्राको संचितिमा चाप परेपछि राष्ट्र बैंकले अत्यावश्यकबाहेकका विलासिताका वस्तुको आयातमा कडाई गरेको छ । तर कुल व्यापार घाटमा यसको अन्तरमा भने कमी आउन सकेको छैन् । सबैभन्दा धेरै व्यापार निर्भरता रहेको भारततर्फको नेपालको व्यापार २४ दशमलव ४ प्रतिशतले बढेको छ भने चीनतर्फ २८ दशमलव ६ प्रतिशतले बढेको छ । 
 

Advertisement

Advertisement