आरोप पुष्टि गर्न वर्तमान एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाालाई गणेश थापाको चुनौति

Advertisement

ललितपुर । अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष गणेश थापाले आफूविरुद्ध वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पाले विभिन्न सार्वजनिक कार्यक्रमको दौरानमा लगाएका आरोप सार्वजनिक गर्दै प्रमाणित गर्न चुनौती दिएका छन । 

एक होटलमा बुधबार पत्रकार सम्मेलन गर्दै थापाले धेरै आरोपमध्ये मुख्य १४ मात्रै सार्वजनिक गरेको र त्यो प्रमाण पुष्टि गर्न चुनौति दिएका हुन् । थापाले पत्रकार सम्मेलनको मुख्य उद्देश्य आरोप प्रमाणित गर्नुस भन्ने रहेको र संघारमा आउँदै गरेको एन्फाको निर्वाचनसँग कुनै पनि सम्बन्ध नरहेको समेत बताए । 

Advertisement

शेर्पाले विभिन्न अनलाइन तथा टिभीमा थापाविरुद्ध दिएको अन्तरवार्ता भिडियोमार्फत प्रस्तुत गरिएको थियो । सोही विषयमा थापाले कपोकल्पित आरोप लगाएको तीन आरोप प्रमाणित गर्न चुनौति दिएका हुन ।

उनले भने, ‘बर्तमान अध्यक्षले लगाएका आरोप ७ वर्षदेखि सहेर बस्न मेरो लागि कठिन थियो । निराधार आरोप लगाउने व्यक्तिलाई सहजै रुपमा राम्रो गर्यो भन्दै शुभकामना दिने कि आउँदै गरेको अध्यक्षलाई पनि यस्तै आरोप लगाएर चरित्र हत्या गर्नुस भनेर जाने भन्ने दुविधामा म परे । केही समय स्वास्थ अवस्थाले पनि साथ दिएन । मलाई लगाएका आरोप आरोप मात्र हुन । लगाएका २० औ आरोप रहेका छन् । तीमध्ये कुनै पनि आरोप पुष्टि गर्न चुनौति दिन्छु । यदि पुष्टि भएमा म फुटबलको विषयमा कुनै पनि चर्चा पनि गर्दिन ।’

थापाले आरोप प्रमाणित गर्न नसके वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा एन्फा र फिफाको नियमअनुसार कारबाहीको भागेदारी बन्नुपर्ने बताए । लामो समय फुटबलमा विताएको र ब्यवस्थापनमा पनि आपूmले राम्रो काम गरेको भन्दै उनले वर्तमान अध्यक्षबाट निराधार आरोपले पीडा भएको सुनाए । 

एफसीका तत्कालीन अध्यक्ष तथा फिफाका अध्यक्षका उम्मेदवार मोहम्मद बिन हमामबाट व्यक्तिगत सहयोग लिएको स्वीकार गरे । त्यसको कारण आफूले फिफाको प्रतिबन्ध भोगेको पनि उनले स्वीकार गरे । थापाका छोरा गौरव थापाको खातामा एक लाख डलर जम्मा भएको देखिएपछि फिफाले उनीमाथि अनुसन्धान थालेको थियो । 

पैसा लिएको पुष्टि भएपछि २०७२ सालको कात्तिकमा फिफाको नैतिक समितिले थापालाई सबै खाले फुटबल गतिविधिबाट १० वर्ष प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धसहित उनीमाथि करिब २१ लाख रुपियाँ जरिवाना गरेको थियो । फिफाले सन २०११ मा भएको फिफाको निर्वाचन र २००९ मा एएफसी कंग्रेसमा थापाले घूस लिएको आरोप लगाएको थियो ।

Advertisement

Advertisement