आज (वैशाख २९)को राशिफलः कस्तो रहला तपाईंको पेशा, व्यवसाय, शेयर कारोबार ?

आज वि.सं.२०७९ साल वैशाख महिनाको २९ गते बिहीबार, वैशाख शुक्लपक्षको एकादशी तिथि । आज मोहिनी एकादशी रहेको छ ।

मेष
पेशागत जीवनमा विशेष प्रकृतिको लाभ प्राप्त हुने छ । कमाईमा पनि बृद्धि हुने छ । राम्रो परिणामहरु आउँदाआउँदै पनि मनमा भने सन्तोषको भाव आउने छैन, निराशाले गाँज्ने भएकाले मन नियन्त्रणमा हरदम प्रयास गर्नु होला । व्यावसायीको हकमा धेरै जोखिम भन्दा निरन्तरतामा जोड दिँदा उचित हुने छ । धर्म–अध्यात्ममा मन प्रफुल्लित हुने छ ।

वृष
निर्णय क्षमतामा गिरावट आउने छ । पेशागत जीवनमा द्वन्दात्मक वातावरण आउने छ । प्रतिष्पर्धात्मक स्वाभाव कायम हुने भएकाले अरुबाट धेरै हेपिने अवस्था भने आउने छैन् । तर उल्झनहरुको भने सामना गरेरै अघि बढ्नु पर्ने बाध्यात्मक अवस्था आउने छ । साझेदारमा गरिएका कामहरु नतिजामुखि बन्न जाने छन् । बोलीमा आउने रुखोपनाले जीवनमा व्यवधान ल्याउने भएकाले संयमित रहनु होला । 

मिथुन 
पेशागत करियरमा पदोन्नति तथा कदर प्राप्त हुने छ । कार्य मुल्यांकनमा सन्तोषजनक समय रहेको छ । पेशागत जीवनमा प्राप्त हुने प्रतिफलले भाग्य निर्माण गर्ने छ । भाग्यको बलियो साथ रहेकाले बोलीको प्रभाव बढ्न जाने छ भने आम्दानीमा पनि बृद्धि हुने छ । नकारात्मक सपनाले भने धेरै सताउने छ । 

कर्कट
बोलीको प्रभावकारितामा कमी हुने हुँदा संयमितता अपनाउनु होला । जीवनसाथिको सल्लाह बमोजिम कदम चालेमा पेशागत जीवनलाई स्थिर बनाउन ठुलो मद्धत मिल्ने छ । अध्ययन अध्यापनमा सुस्ताता आउने छ । सामाजिक सोचाई भएको व्यक्तित्व बन्ने छ । मनमा चञ्चलताका क्रम निकै धेरै आउने हुँदा अस्थिरताको क्रम रहने छ ।

सिंह
व्यक्तित्वमा शिथिलता देखा पर्न जानेछ । भाग्यहिनताको अवस्थाले गर्दा उन्नति तथा प्रगतिका क्रमहरुमा ब्यवधानहरु आउने हुँदा मनमा निराशा छाउने छ । पेशागत जीवनमा चुनौतिपूर्ण समय सक्रिय रहेकाले निकै धैर्यतासाथ व्यवहार गर्नु नै उचित हुने छ । कमाईको मात्रामा हुने बृद्धिले केही राहत प्रदान गर्ने छ । दाम्पत्य जीवनमा कटुताका क्रमहरु रहने छन् ।

कन्या
परिवारमा सुमधुर सम्बन्ध देखा पर्ने छ । पेशागत जीवनमा प्राप्त हुने प्रतिफलबाट व्यक्तित्वको ख्याति बढ्ने छ । तर आम्दानी भने सोचे जस्तो नहुँदा प्राप्त ख्याति धान्न मुस्किल पर्न जाने छ । व्यक्तित्व दृढ खालको हुने भएकाले अरुले हेप्न सक्ने छैनन् । घर घडेरी तथा जग्गा जमिन क्षेत्रबाट फाइदा प्राप्त हुने छ । 

तुला
प्रेममा सफलता मिल्ने छ । पेशागत जीवनमा उत्तनि तथा प्रगतिका परिणामहरु आउने छन् । जसले मनमा सन्तोष उत्पन्न गराई दिने छ । आम्दानीमा पनि बृद्धि हुने छ । रिस भने कडा खालको हुने भएकाले यसको नियन्त्रणमा संयमित रहनु नै उपयुक्त हुने छ । बोली भने नरम हुने हुँदा अरुलाई नबिझाउने खालको हुने छ । 

वृश्चिक
पेशागत क्षेत्र शुभ नै रहने छ भने कमाईको मात्रामा पनि बढोत्तरी हुन जाने छ । साझेदारीमा गरिएका कामहरुमा समस्याहरु देखा पर्ने भएकाले सतर्कतापूर्वक पाइला चाल्नु होला । आफ्नो सपना र लक्ष्य पुरा गर्नका लागि समर्पित हुने तथा क्रियाशिल रहने व्यक्तित्व हुने हुँदा अरुले पनि कदर गर्ने छन् ।

धनु 
आम्दानीको अंश अनुत्पादक क्षेत्रमा गाडिन जाने चुनौति देखिएकाले निकै सोच विचार गरेर मात्र आम्दानीको प्रयोग गर्नु उचित हुने छ । दृढ खालको व्यक्तित्व हुने हुँदा अरुले हेप्न सक्ने छैनन् । पेशागत जीवन औसत खालको रहने छ । कतिपय सन्दर्भमा अत्याधिक कडाखालको सोच देखिने भएकाले यस्ता विषयमा लचक रहनु व्यावहारिक हुने छ । झुटा आरोपहरु खेप्नु पर्ने छ ।

मकर 
कामको शिलशिलामा यात्रारत रहनु पर्ने हुन्छ । पेशागत  जीवन सकारात्मक रहने छ । उचित कार्य मुल्यांकन हुने छ भने थप जिम्मेबारी प्राप्त हुनेछ । व्यावसायमा संलग्नहरुका लागि पनि नाफामा बृद्धि हुने र आम्दानीमा बढोत्तरी हुन जाने छ । बोलीमा रुखोपना आउने भएकाले संयमित रहनु होला । नयाँ नयाँ क्षेत्रमा हात हाल्न उत्साह र उमङ्ग तथा जोश आउने छ ।

कुम्भ 
धेरै बोल्ने भन्दा सुन्ने गर्नाले शुभ हुने छ । पेशागत जीवनमा अवरोधहरुको सामना गर्नु पर्ने छ भने आरोप प्रत्यारोपको पनि सामना गर्नुपर्ने भएकाले धैर्यतापूर्वक पाइलाहरु चाल्नु होला । मनमा दुविधाको मात्रा अत्याधिक आउँदा निर्णय क्षमतामा कमि आउने छ । व्यक्तित्व भने दृढ प्रकृतिको हुँदाहुँदै पनि बौद्धिकताको अभावले गर्दा सामाजिक प्रतिष्ठामा आँच आउने छ । 

मीन
कर्मप्रति विभिन्न लक्ष्यहरुका बारेमा मनमा चिन्तन आउने छन् । पेशागत जीवनमा सकारात्मक प्रगतिहरु हासिल हुने छन् । नरम र लचिलो प्रकृतिको व्यक्तित्व हुँदा सबैसँग मिलनसार बानी हुनेछ । परिवारको साथले गर्दा व्यक्तित्वमा दृढता आउने छ भने मनमा पनि सन्तोष उत्पन्न हुने छ । मनमा केही हिनताबोध आइरहने छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, आध्यात्मिक उत्प्रेरक, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)