कीर्तिमानी आरोही लाक्पा शेर्पाको दशौं पटक सगरमाथा आरोहण सफल

Advertisement

काठमाडौं । विश्व कीर्तिमानी आरोही लाक्पा शेर्पाले १०औँ पटक सगरमाथा आरोहण गरेकी छन् । सगरमाथा आरोहणका लागि उनी अप्रिल १५ मा कीर्तिमानी आरोहीद्धय एडमन हिलारी र तेन्जिङ शेर्पाले सुरु गरेको बाटो हुर्दै सगरमाथा  बेस क्याम्प पुगेका  थिइन् ।

कीर्तिमानी आरोही शेर्पाले बिहीबार मे १२ को दिन बिहान ६ बजेर ३० मिनेटमा मा सगरमाथा हिमालको सफल आरोहण गरेर कीर्तिमान कायम गरेको सेभेन समिट एडभेन्चरका प्रबन्ध निर्देशक मिङ्मा गेलु शेर्पाले जानकारी दिए ।

Advertisement

उनले यस पटक नेपाली महिला कुनै पनि कामका लागि पछि हट्दैनन्, जुनै काम गर्न सक्छन् भन्ने सन्देश दिन्न आरोहण गरेका आरोहणमा जानअघि बताइकी थिइन्। शेपाले भनिन्, ‘म युवायुवती र महिलालाई प्रेरित गर्न चाहन्छु र नेपाली महिलाहरु मेहनती छन् र आफूले चाहे जे पनि गर्न सक्छन् भन्ने सन्देश दिन चाहान्छु ।’ 

लाक्पाले कीर्तिमानी आरोही तेन्जिङ नोर्गे शेर्पा र कीर्तिमानी आरोही एडमन्ड हिलारीले पहिलो पटक विश्वको शिखरमा पाइला टेकेको पुरानो आरोहण शैलीलाई पछ्याइ सगरमाथासम्म पुगेकी हुन्।

नवौं पटक सगरमाथाको आरोहण गरेर विश्व कीर्तिमान बनाउन सफल सङ्खुवासभा मकालुकी ४८ वर्षीया आरोही शेर्पाले सगरमाथाको सफल आरोहण गरी धेरै पटक सगरमाथा आरोहण गर्ने महिलाको कीर्तिमान तोडिन सफल भएकी छन्।

उनले यसअघि एक पटक नेपालतर्फको बाटोबाट र आठ पटक तिब्बततर्फको बाटोबाट सगरमाथाको आरोहण गरिसकेकी छन् । उनले यो पटक नेपालतर्फबाट सगरमाथा चढेकी हुन् ।

Advertisement

Advertisement