नेप्से परिसूचक १८.६४ अंकले घटदा, २ अर्ब ३२ करोड रुपियाँ बराबरको कारोबार

Advertisement

काठमाडौं । शेयर बजारमा अघिल्ला दिन देखिएको सुधार बिहीबार भने कायम रहेन् । शेयर बजार परिसुचक (नेप्से) आज १८.६४ अंकले घटेर २३५०.४२ बिन्दुमा पुगेको छ । 

आज दुई अर्ब ३२ करोड ८४ लाख ३४ हजार  रुपियाँको मात्रै कारोबार भएको छ । समूहगत कारोबारतर्फ हेर्दा उत्पादनमूलक समूह ८०.२५ र अन्य समूह ७.३९ अंकले बढेको छ । 

Advertisement

तर, बैंकिङ् समूह १.७३, व्यापार समूह २९.५६, होटल तथा पर्यटन समूह ३४.७७, विकास बैंक समूह ८९.०२, जलविद्यूत समूह ५३.७२, वित्त समूह ९.९, निर्जीवन बीमा ८३.३८, लघुवित्त समूह ७४.५७, जीवन बीमा समूह २५७.१४, म्यचुअल फण्ड समूह ०.१८ र लगानी समूह १.३७ अंकले घटेको छ । 

आज सबैभन्दा धेरै जाल्पा सामूदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाई गरेका छन् । सूयोदय वोमी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै घाटा सहेका छन् । 

Advertisement

Advertisement