अमेरिकाको सबैभन्दा कम उमेरमा सगरमाथा आरोहण गर्ने महिला बनिन लुसी

Advertisement

काठमाडौं। १८ वर्षीया लुसी वेस्टलेक विश्वको सर्वोच्च शिखर चुचुरोमा पुग्ने सबैभन्दा कान्छी अमेरिकी महिला बनेकी छन्। 

बिहीबार (मे १२) तारिखका दिन बिहान ५ बजेर ३६ मिनेटमा सगरमाथा (८८४८.८६ मिटर) हिमालको सफल आरोहण गरेकोे एक्सट्रीम क्लाइम्बर्स ट्रेक्सका निर्देशक पेम्बा शेर्पाले जानकारी दिए । सगरमाथा आरोहण गर्ने सबैभन्दा कान्छी अमेरिकी महिला १८ वर्षीया लुसी वेस्टले बनिन्, निर्देशक पेम्बा शेर्पाले भने।
निर्देशक पेम्बा शेर्पाका अनुसार वेस्टलेकले सगरमाथालगायत विभिन्न हिमालहरूमा यस मौसममा गुमाएका ती महान साहसिक आत्माहरूप्रति हार्दिक समवेदना समेत व्यक्त गरेकी छन्। 
शेर्पाका अनुसार अमेरिकी लुसी वेस्टलेकका साथमा माउन्टेन गाइट मिङ्मा छिरिङ शेर्पा छन्।

Advertisement

उनी एक प्रफेशनल पर्वतारोही पनि हुन्। अमेरिकाको सिकागो स्टेटका लुसी वेस्टलेक उत्तर तथा दक्षिण ध्रुवका अग्ला हिमाल आरोहण गरेर ग्रान्ड स्लाम पुरस्कारका लागि तयारीमा रहेको निर्देशक पेम्बा शेर्पाले जानकारी दिए।
यसअघि उनले ११ वर्षको उमेरमा माउन्ट रेनियर, १२ वर्षमा किलिमन्जारो, १५ वर्षमा माउन्ट एल्ब्रस, १७ वर्षमा डेनाली, १८ वर्षमा अकोन्कागुवा हिमालको आरोहण गरिसकेकी छन्। 

 

Advertisement

Advertisement