विश्व प्रविधि जगतका सय चेञ्जमेकरको सूचीमा परे एफवान सफ्टका अध्यक्ष ढकाल

Advertisement

काठमाडौं । एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकाल विश्व प्रविधि जगतका सय चेञ्जमेकरको सूचीमा परेको उक्त समूहले जानकारी दिएको छ । ढकाल ग्लोबल टेक चेञ्जरहरूको ‘रेष्ट अर्फ वल्र्ड’को सय जनाको सूचीमा पर्न सफल जनाइएको छ । 

विश्वमा प्रविधिको क्षेत्रमा काम गर्ने नवीन खोजकर्ता, नेतृत्वकर्ता, संस्थापक, लगानीकर्ता र नवप्रवर्तन गतिविधि गर्ने पश्चिमा देशबाहेकका सय जनालाई यो सूचीमा समावेश गर्ने गरिन्छ भन्दै उक्त ग्रुपले आफ्नो विज्ञप्तिमा ढकालले सामूहिक रूपमा कसरी उत्पादन बनाइन्छ र वितरण गरिन्छ ? कसरी उद्यमीहरूलाई लगानी गरिन्छ र कसरी प्राविधिक प्रयोगकर्तालाई उनीहरूको स्थानीय बजारभन्दा टाढा सुरक्षित गरिन्छ ? भन्ने कुरामा ठूलो प्रभाव पारेको रेष्ट अफ वर्ल्डको सम्पादकीय टिमले जनाएको जानकारी दिएको छ । 

Advertisement

‘रेष्ट अफ वल्र्ड’को सूचीमा विश्वव्यापी रूपमा आधारित रिपोर्टहरू र सम्पादकहरूको नेटवर्कद्वारा छनोट गरी समावेश गराइन्छ । टेक्नोलोजी इकोसिस्टमबाट आफ्नो क्षेत्र तथा समुदायमा पारेको प्रभावका आधारमा यस सूचीमा समावेश गरिन्छ । ‘रेष्ट अफ वल्र्ड’ सूचीमा विश्वव्यापी पहुँच भएका कार्यकारीहरू, नवप्रवर्तन सक्षम गर्ने लगानीकर्ताहरू, उदीयमान उद्यमीहरू र खुला एवं समतामुलक भविष्यका लागि काम गर्ने व्यक्तिहरूलाई समावेश गर्ने चलन रहेको विज्ञप्तिमा उल्लेख छ । 

ढकाल सन् २०१७ मा ‘म्यानेजर अफ द इयर’बाट सम्मानित भएका थिए भने अमेरिकी राज्य विभागले इन्टरनेशनल भिजिटर लिडरसिप प्रोग्राम र ग्लोबल उद्यमी समिट सन् २०१६ मा समेत नेपालबाट उनलाई नै चयन गरेको थियो ।

‘रेष्ट अफ वल्र्ड’ सूचीले पत्रकारहरूसँग साझेदारी गर्दै रेष्ट अफ वल्र्डले विगत दुई वर्षमा ९० भन्दा धेरै देशबाट ७५० भन्दा धेरै प्रकाशनहरु प्रकाशित गरिसकेको छ । रेष्ट अफ वर्ल्डले बिहीबार विश्वब्यापी भर्चुअल प्यानल श्रृंखला घोषणा गर्दैछ । २४ घण्टाभित्र विश्वभर फैलिएका तीनवटा छुट्टाछुट्टै प्यानलका सदस्यहरुले प्रभावशाली रोस्टर प्रस्तुत गर्नेछन् भने एउटै विषयवस्तुमा छलफल गर्नेछन् । 

विश्वास ढकाल टेक उद्यमी, आविष्कारक र लगानीकर्ता हुन् । 

Advertisement

Advertisement