बीमा क्षेत्रमा पनि ‘बिग मर्जर’: प्राइम, गुराँस र युनियन एक हुने

Advertisement

काठमाडौं । बीमा क्षेत्रमा पनि ‘बिग मर्जर’को सुरुवात भएको छ । बीमा समितिले पुँजी डेढ गुनाले बढाउनुपर्ने निर्देशन जारी गरेसँगै तीन वटा बीमा कम्पनी एक हुन लागेका हुन् । 

बिहीबार यूनियन लाइफ इन्स्योरेन्स कम्पनी, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी  र प्राइम लाइफ इन्स्योरेन्स कम्पनीबीच एक आपसमा गाभिने सहमती भएको हो । सो सम्बन्धमा तीनै कम्पनीका अध्यक्षहरुले सहमती पत्रमा हस्ताक्षर गरेका छन् ।
 
कम्पनीको पुँजीगत आधारलाई मजबुत गरी प्रतिस्पर्धात्मक क्षमताको विकास गर्न र बीमित, लगानीकर्ता लगायत सरोकारवालाहरुको दीर्घकालीन हित संरक्षण गर्न मर्जर गरिएको उनीहरुले बताएका छन् । तीनै कम्पनीको वित्तीय, मानव संशाधन, प्राविधिक एवं अन्य क्षमता अभिवृद्धि गर्दै सेवाग्राहीलाई आधुनिक प्रविधिजन्य बीमा सेवा सुविधा प्रदान गर्नसक्ने अवस्था सिर्जना गर्न यसले सहयोग पुग्ने उनीहरुको आशा छ । 

Advertisement

Advertisement

Advertisement