मतदाता बोकेको जिप दुर्घटना हुँदा १३ जनाको मृत्यु

Advertisement

स्याङ्जा। वालिङ नगरपालिका पञ्चमूल अर्खलबासस्थित एक सडकमा मतदाता बोकेको जिप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । 

ग २ च ३०२६ नम्बरको जिप सडकबाट ५०० मिटर तल खस्दा ठूलो मानवीय क्षति भएको हो । भोट हाल्न घरबाट मतदान स्थल जाने क्रममा गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाको भनाई छ ।

Advertisement

घाइतेहरुको ११ जनालाई उपचारका लागि गण्डकी मेडिकल कलेज पठाइएको छ भने एक जनाको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भइरहेको प्रहरीको भनाई छ ।

Advertisement

Advertisement