श्रीलंकामा चरम आर्थिक संकट समाधान गर्न अमेरिकानिकट व्यक्ति प्रधानमन्त्री नियुक्त

Advertisement

कोलम्बो (सिन्ह्वा) । श्रीलंकाको प्रधानमन्त्रीमा रनिल विक्रमासिंघे नियुक्त भएका छन् । बिहीबार नयाँ प्रधानमन्त्रीका रुपमा राष्ट्रपति गोटबाया राजापाक्षेले रनिल विक्रमासिंघेलाई नियुक्त गरेका हुन्। 

उनी श्रीलंकाको पटक पटक प्रधानमन्त्री रहिसकेका व्यक्ति हुन । विक्रमासिंघेलाई नयाँ प्रधानमन्त्रीका रूपमा राष्ट्रपतिले बिहीबार नै सपथ गराइसकेका छन् । श्रीलंका अहिले चरम आर्थिक संकटबाट गुज्रिरहेको छ । उक्त संकट समाधानका लागि अमेरिकासँग निकट मानिएका विक्रमासिंघेलाई नियुक्त गरिएको हो । श्रीलंकाले अमेरिकी संस्था एमसीसीसँग सम्झौता गर्न अस्वीकार गरेका कारण त्यहाँ आर्थिक संकट गहिरिएको छ । रनिल विक्रमासिंघे नियुक्त भएलगत्तै अमेरिकाले उनीसँग सहकार्य गर्न आफू तयार रहेको सार्वजनिक प्रतिक्रिया दिइसकेको छ । 

Advertisement

श्रीलंकामा महिन्दा राजापाक्षेले प्रधानमन्त्री पदबाट केही दिनमात्र अघि राजीनामा दिएका थिए । राजापाक्छेको राजीनामा मागेर देशमा आन्दोलन पनि भएको थियो । महिन्दा राजापाक्षे बढी देशभक्त नेताको रुपमा चिनिन्छन् । सोही कारण उनले राजीनामा दिएलगत्तै उनको समर्थनमा जनता सडकमा उत्रिएका पनि थिए । त्यसपछि उनले वैशाख २६ गते आफ्ना भाइसमेत रहेका राष्ट्रपति गोटवाया राजापाक्षेलाई राजीनामा बुझाएका थिए । 
     
आर्थिक संकटका कारण हाल श्रीलंका खाद्यान्न, इन्धन र औषधिको समेत चर्को अभाव भएको छ । महिन्दा राजापाक्षेले राजीनामा दिएपछि राजधानी कोलम्बोमा दंगा फैलिएको थियो ।     

यहाँ आन्दालेनका कारण हिंसामा परेर कम्तीमा नौ जनाको मृत्यु हुनुको साथै दुई सय भन्दा बढी घाइते भएका छन् । नयाँ प्रधानमन्त्री विक्रमासिंघे यहाँको युनाइटेड नेशनल पार्टीका नेता हुन् । उनी यहाँ लामो समयदेखि राजनीतिमा सक्रिय थिए । 

विक्रमासिंघेलाई यहाँको अर्को राजनीतिक परिवार राजापाक्षेहरूको निकट पनि मानिन्छ । त्यसैले पनि उनलाई प्रधानमन्त्रीका रूपमा चुनिएको विज्ञहरूको भनाइ छ ।

Advertisement

Advertisement