धेरै ठाउँमा स्वतन्त्र उम्मेदवारको लोकप्रियता, ठूला दलप्रति जनताको वितृष्णा बढ्दै

Advertisement

काठमाडौँ । स्थानीय निर्वाचनको मतगणना जारी रहँदा धेरै ठाउँमा स्वतन्त्र उम्मेदवारहरुले अग्रता लिएको देखिएको छ । दलको वागीको रुपमा उभिएका स्वतन्त्र र कुनै पनि दलसँग निकट नरहेका दलप्रति जनताको आकर्षण देखिएको छ । 

ठूला दलको रुपमा चिनिएका नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादीप्रति जनताको वितृष्णा बढ्दै जाँदा स्थानीय निर्वाचनको त्यसको रुपमा देखिएको छ । राजधानी काठमाडौंसहित धनगढी, जनकपुर र बर्दिवाससहित नगरहरूमा स्वतन्त्र उम्मेदवारले पाएको मतले कतिपयलाई उत्साहित बनाएको छ भने ठूला दलनिकटहरुलाई झस्काएको छ । 

Advertisement

काठमाडौं महानगरपालिकामा लोकप्रिय देखिएका स्वतन्त्र उम्मेदवार बालेन शाहले सरुवाती अग्रता लिएका छन् । काठमाडौंको वडा नं. ३२ को मतगणना गर्दा उनले अग्रता लिएका हुन् । बालेनको लोकप्रियता काठमाडौं जरा गाडेर बसेका कांग्रेस र एमालेका लागि ठूलो चुनौति र प्रतिष्ठाको विषय बनेको छ । 

त्यस्तै, धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले पनि सुरुवाती अग्रता लिएका छने । मत गणनामा उनले दोब्बरभन्दा धेरै मतले अग्रता लिएका छन् । हमालले ७७ मत प्राप्त गर्दा पाँच दलीय गठबन्धनबाट कांग्रेस उम्मेदवार नृपबहादुर वडले ३५ मत मात्रै पाएका छन् । यहाँ नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्दको ५ मत मात्रै पाएका छन् । 

त्यस्तै, बर्दिवास नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार प्रहलाद क्षेत्रीेले अग्रता बनाएका छन् । उनलाई नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेदवारले पच्छ्याइरहेका छन् । पछिल्लो परिणामअनुसार क्षेत्रीले ३४५ मत पाउँदा एमाले टेकबहादुर बलम्पाकीले २५६ मत र माओवादी केन्द्रका राजु खड्काले १५६ मत पाएका छन् ।

जनकपुर उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार मनोज साह सुडीले दोब्बरभन्दा धेरै मतले अग्रता लिएका छन् । उनी कांग्रेसका बागी उम्मेदवार हुन् । कांग्रेसले टिकट नदिएपछि साह स्वतन्त्ररुपमा उठेका थिए । 

उनले २३२ मत प्राप्त गर्दा सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टीका उम्मेदवार लालकिशोर साहले ३४ मत मात्रै प्राप्त गरेका छन् भने एमालेका शिवशंकर साहले ९५ मत पाएका छन् ।

काभ्रेको धुलिखेल नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार विदुर बस्नेतले अग्रता लिएका छन् । सत्ता गठबन्धन टिकट नदिएपछि स्वतन्त्ररुपमा उम्मेदवारी दिएका उनी कांग्रेसनिकट हुन् । धुलिखेल गठवन्धनले एकीकृत समाजवादीलाई दिएको छ । 

बस्नेतले ६६५ मत पाउँदा एमालेका अशोक ब्यान्जु श्रेष्ठले ६२८ र गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार दयासागर श्रेष्ठले २६ मत पाएका छन् ।

Advertisement

Advertisement