भोट दिएर बसेका मतदातालाई पेट्रोल र डिजलमा १०–१० रुपियाँको मूल्यवृद्धि उपहार

Advertisement

काठमाडौं । स्थानीय चुनाव सम्पन्न भएको भोलिपल्ट सरकारले पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि गरेको छ । 

नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य एकै पटक प्रतिलिटर १० रुपियाँले बढाएको हो । निगम सञ्चालक समितिको बैठकले शनिवार मध्यरात १२ बजेदेखि लागू हुने गरी मूल्य बढाएको हो ।

Advertisement

अब पेट्रोलको मूल्य प्रतिलिटर १७० र डिजेलको मूल्य प्रतिलिटर १५३ रुपियाँ पुगेको छ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् रहेको निगमले जानकारी दिएको छ । 

मूल्य बढाएपछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर १४ दशमलव ३६ रुपियाँ र डिजेलमा प्रतिलिटर ३१ दशमलव ४४ रुपियाँ घाटा रहेको जनाइएको छ ।

Advertisement

Advertisement