काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेन र एमालेकी सुनिताले अग्रता झन बढाए (अपडेट)

Advertisement

काठमाडौं । सबैको चासो बनेको काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो अग्रता झन बढाएका छन् ।  

पछिल्लो विवरणअनुसार कुल चार हजार ४४४ मत गन्दा बालेनले एक हजार ५७५ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितले ८८५ र नेपाली कांग्रेसकी सिर्जना सिंहले ८२५ मत पाएकी छन् । 

Advertisement

त्यस्तै उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोलले पनि अग्रता बढाएकी छन् । उनले एक हजार ७७३ मत पाउँदा सत्ता गठवन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ५१६ मत पाएका छन् । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीकी सुनिता मजगैयाले ४१३ मत पाएकी छन् । 

मतगणनास्थलमा अहिले बालेन शाहका समर्थकहरुको भीड लागेको छ । 

Advertisement

Advertisement