कर्पोरेट नेपालद्धारा बार्षिकोत्सवमा ‘आफ्नो घर आश्रम’का असहायहरुलाई रु. ५० हजार सहयोग

Advertisement

काठमाडौं । कर्पोरेट नेपालले आफ्नो नवौं बार्षिकोत्सवको अवसरमा भक्तपुर डोलेश्वरधामस्थित ‘आफ्नो घर आश्रम’मा आश्रित असहाय एवं आश्रयहीनहरुलाई सहयोग गरेको छ । 

आश्रममा पुगेका कर्पोरेट नेपालको प्रवर्द्धक कम्पनी विजकेयर नेपाल प्रालिका सञ्चालद्धय खेमराज अधिकारी र आशिष ढुंगानाले आश्रमका इन्चार्ज विक्की तामाङलाई ५० हजार रुपियाँको चेक हस्तान्तरण गरेका हु्न । 

Advertisement

गत बर्षको बार्षिकोत्सवमा कम्पनीले महावीर पुनको राष्ट्रिय आविश्कार केन्द्रलाई ५० हजार रुपियाँ सहयोग गरेको थियो । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ‘आफ्नो घर आश्रम’मा आश्रय लिएकाहरुको लागि सहयोग गरेको हो । 

सन् २००० मा भारतको राजस्थानमा सञ्चालन भएको आपना घर आश्रमले भारतका ३२ स्थानका साथै नेपालमा समेत आश्रम सञ्चालन गरी असहाय तथा विपन्नहरुलाई आश्रय दिई उनीहरुको उपचार, हेरचार, खानपिन, शिक्षा प्रदान गर्दै आएको छ ।   

Advertisement

Advertisement