काठमाडौंमा बालेन र सुनिताले मतान्तर झन बढाए

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले मतान्तर बढाउँदै लगेका छन् । उनले पाँच हजार ४४६ मत पाउँदा उनका निकट प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितले दुई हजार ९५२ मत पाएका छन् । सत्ता गठवन्धनकी साझा उम्मेदवार सिर्जना सिंहले दुई हजार ५७७ मत पाएकी छन् । 

त्यस्तै, उपमेयरमा ठूलो मतान्तरसहित एमालेकी सुनिता डंगोलले अग्रता लिएकी छन् । उनले तीन हजार ३८४ मत पाएकी छन् । डंगोलको निकट प्रतिस्पर्धी गठवन्धनबाट एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ९९२ मत पाएका छन् । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीकी बिनिता मगैयाले ७६० र विवेकशील साझा पार्टीकी कीर्ति तुलाधरले १५७ मत पाएकी छन् ।

Advertisement

Advertisement

Advertisement