कांग्रेस–एमाले गठवन्धनले जितेको विजय जुलुसमा जाने क्रममा करेन्ट लागेर २ को मृत्यु, १० घाइते

Advertisement

सल्यान । जिल्लाको कुमाख गाउँपालिकामा कांग्रेस र एमालेको गठबन्धनले चुनाव जितेको उत्सव मनाउन विजय जुलुसमा जाने क्रममा दुई जनाको घरेन्ट लागेर मृत्यु भएको छ । 

विजयी उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लागेर उनीहरुको मृत्यु भएको हो । घटनामा १० जनाभन्दा बढी घाइते भएका छन् । गाडीमा आउँदै गरेका उनीहरु बिजुलीको तारमा ठोक्किन पुगेका हुन् । 

Advertisement

गाडीको छतमा झण्डा समाएर बस्नेतज्युलाबाट शान्तिबजार आउँदै गरेकाहरू दुर्घटनामा परेका हुन् । घाइतेहरूको चौरजहारी अस्पतालमा उपचार भइरहेको भन्दै प्रहरीले घट्नाको अनुसन्धान भइरहेको जानकारी दिएको छ । 

Advertisement

Advertisement