आज (जेठ ३)को राशिफलः कस्तो रहला तपाईंको पेशा, व्यवसाय, शेयर कारोबार ?

Advertisement

आज वि.सं.२०७९ साल जेठ महिनाको ३ गते मंगलबार, ज्येष्ठ कृष्णपक्षको प्रतिपदा तिथि । आज दूरसंचार दिवस तथा उच्चरक्तचाप दिवस रहेको छ ।

मेष 
पेशागत जीवन सोचे जस्तो हुने छैन् । डर त्रासको वातावरणबाट पेशागत जीवन गुज्रने छ । बोली भने प्रभावकारी हुने छ, जसले गर्दा ठुलाबडाको विश्वास आर्जन हुने छ । तर मनोबलको कमिले गर्दा मन भित्र डर लागे जस्तो भइरहने छ । आर्थिक पक्ष अनुकुल नै रहने छ । शेयर बजारबाट लाभ मिल्ने छैन् ।

Advertisement

वृष
पेशागत जीवनमा केही अन्योलताको अवस्था देखा पर्ने छ । बाठो खालको व्यक्तित्व हुँदाहुँदै पनि प्रगतिमा भने गति प्राप्त हुन सक्ने छैन् । अन्योलताले सताउला । रिस नियन्त्रणमा ध्यान नदिए झैझगडाको वातावरणबाट गुज्रनु पर्ने छ । दाम्पत्य जीवनमा मनमुटाव बढ्ने छ । शेयर बजारबाट लाभ मिल्ने छैन् ।

मिथुन 
रिस धेरै कडा हुने छ । पेशागत जीवनमा बढि कडा शैली नदेखाउनु होला । सामाजिक छवि कायम हुने छ । खर्च धेरै बढ्न जाने छ । परिवारमा रमाईलो वातावरण हुने छ । मित्रहरुसँग झैझगडा हुने खतरा देखिन्छ । शेयर क्षेत्र औसत रहने छ ।

कर्कट
पेशागत जीवनमा हल्का सुधार देखा पर्ने छ । रंग रमाईलोमा मन केन्द्रीत हुँदा कार्यसफलतामा कमि आउने छ । मनोबल कमजोर हुँदा मनभित्र डर लागे जस्तो हुने छ । बोलीमा नरम र शान्त खालको हुने छ । आर्थिक पक्ष औसत रहने छ । शेयर क्षेत्रबाट लाभ मिल्ने छ ।

सिंह
दृढ शैलीको मानिस हुने हुँदा कसैले पनि हेप्न सक्ने छैनन् । सपना भने नराम्रो खालको हुने छ । महत्वाकांक्षा प्राप्त गर्न तागत प्राप्त हुने भए पनि बेलाबेला आफैप्रति शंका लाग्ने छ । पेशागत जीवनमा प्रगति हुने छ । व्यवस्थापकीय क्षमतामा बृद्धि हुने छ । दाम्पत्य जीवनमा मिठास वातावरण रहने छ । शेयर बजारबाट लाभ मिल्ने छ ।

कन्या
साहित्यिक क्षेत्रमा निकै रुचि बढ्ने छ । सृजनाहरु फुर्ने छन् । धार्मिक–आध्यात्मिक क्षेत्रमा विश्वास अक्षुण रहने छ । बोली मिठो हुँदाहुँदै पनि दाम्पत्य जीवनमा भने द्वन्द देखिन जाने छ । पेशागत जीवन मध्यम प्रकृतिको हुने छ । यात्रामा जानु पर्ने हुन सक्छ । शेयर बजार औसत खालको रहने छ ।

तुला
प्राप्त जिम्मेबारी कुशलतापूर्वक निभाउन हम्मेहम्मे पर्ने छ । जीवनसाथिको साथसहित अघि बढेमा जोखिम कमि हुने छ । सवारीसाधन किन्नु पर्ने बाध्यता आउने छ । शौखिन सामानहरु खरिद गर्न मन लाग्ने छ । पेशागत जीवनमा चुनौतिहरु देखा पर्ने भएकाले धैर्य बन्ने प्रयास गर्नु होला । आर्थिक क्षेत्र असन्तुलित बन्ने छ । शेयर क्षेत्रमा गुमाउनु पर्ने छ ।

वृश्चिक
फ्रेस हुन कठिन भएको अनुभुति हुने छ । मनमा दुविधाका क्रम धेरै रहँदा कुहिरो भित्रको काग जस्तो महशुस हुने छ । घर घडेरी बिक्रि गर्नु पर्ने बाध्यात्मक अवस्था आउने छ । विदेश यात्राको अवसर प्राप्त हुने छ । दाम्पत्य जीवनमा समझदारीको कमि हुने छ । पेशागत जीवन र आर्थिक पक्षमा धैर्य रहनु होला । शेयर क्षेत्रबाट लाभ मिल्ने छैन् ।

धनु 
स्वास्थ्यले साथ दिने छैन् । कला, साहित्य तथा संगीतको क्षेत्रमा रुचि बृद्धि हुने छ । कारुणिक स्वाभावका कारण अरुलाई सहयोग गर्दा आनन्द मिल्ने छ । परिवारमा शान्तिपूर्ण वतावरण बन्ने र त्यसले निकै ठुलो राहत दिने छ । यात्रामा कठिनाई व्योहर्नु पर्ने छ । पेशागत जीवनमा आरोप प्रत्याराप खेप्नु पर्ला । शेयर बजारबाट लाभ मिल्ने छ ।

मकर 
कडा खालको व्यक्तित्व बन्ने छ । भैझगडाको अवस्था जबर्जस्ति निम्तिने छ । दृढ खालको व्यक्तित्व हुने भए पनि आवश्यक ठाउँको पहिचान गरी लचकता अपनाए फाइदा मिल्ने छ । दाम्पत्य जीवनमा कटुता आउने छ । पेशागत जीवन औसत रहने छ भने आम्दानीमा बृद्धि हुन कठिन हुने छ । शेयर बजार औसत खालको रहने छ ।

कुम्भ 
साहित्यिक क्षेत्रमा रुचि बढ्ने छ । विदेश यात्रामा अवरोध आउने छ । अध्ययन अध्यापनमा प्रगति देखिने छ । पेशागत जीवनमा ठिक्क महत्वाकांक्षा लिएर अघि बढ्दा नै उपयुक्त हुने देखिन्छ । पारीवारिक जीवन मिठास बन्ने छ । गलत संगतमा फस्ने डर देखिएकाले सतर्क रहनु होला । नशालु पदार्थको सेवन त्याग्न दृढ बन्नु होला । शेयर जीवनबाट लाभ मिल्ने छ ।

मीन
सवारीसाधनसम्बन्धी दुःख खेप्नु पर्ने छ । पेशागत क्षेत्रमा नयाँ नयाँ अवसरका ढोकाहरु खुल्ने छन् । खर्च पनि बढ्ने छ । यात्रामा दुविधा उत्पन्न हुन जाँदा निर्णय क्षमतामा गिरावट आउने छ । आम्दानीमा बृद्धि हुने छ । आफन्तको माझमा सम्मान बृद्धि हुने छ । राखिएका लक्ष्यमा अन्योल रहने छ । दाम्पत्य जीवनमा मधुरता रहने छ । शेयर क्षेत्रबाट अपेक्षाकृत लाभ मिल्ने छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, आध्यात्मिक उत्प्रेरक, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement