मिथिला लघुवित्तका सीईओ सत्यदेव राउतको कार्यकाल चार वर्ष थप

Advertisement

काठमाडौँ । ढल्केबर धनुषा केन्द्रीय कार्यालय रहेको मिथिला लघुवित्त वित्तीय संस्थाका सीईओ सत्यदेव राउतको कार्यकाल थप भएको छ । 

सञ्चालक समितिको सोमबार बसेको बैठकले सीईओ राउतको कार्यकाल जेठ ६ गतेदेखि लागू हुने गरी ४ वर्ष थप गर्ने निर्णय गरेको कम्पनी सचिव महेशकुमार चौधरीले जनाएका छन् । 

Advertisement

उनको कार्यकाल जेठ ५ गतेबाट सकिन लागे पछि थप ४ वर्षका लागि कार्यकाल थप गर्ने निर्णय भएको हो ।  

Advertisement

Advertisement