फिल्डिङ फितलो हुँदा युगान्डासँग नेपाल फेरि पराजित

Advertisement

काठमाडौं । अन्तिम ओभरको खेलमा फिल्डिङ फितलो भएपछि नेपालले युगान्डविरुद्धको पाँच ट्वान्टी–२० शृंखलाअन्तर्गत दोस्रो खेलमा पनि हार व्यर्होनु परेको छ । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा मंगलबार सम्पन्न खेलमा नेपाल युगान्डसँग १ विकेटले पराजित भएको हो । नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर दिएको १०२ रनको लक्ष्य पछ्याउने क्रममा युगान्डाले निर्धारित २० ओभर सकिन एक बल बाँकी रहँदै भट्टाउँदा १ विकेटको रोमाञ्चक जित निकालेको हो । यससँगै युगान्डाले पाँच खेलको शृंखलामा २–० को अग्रता लिएको छ ।

Advertisement

नेपालले प्रस्तुत गरेको लक्ष्य भेटाउन जवाफी ब्याटिङ गरेको युगान्डाका लागि रिता मोसामालीले सर्वाधिक ३० रनको इनिङ खेल्दा फ्यांक्लिन नाज्जुम्बाले १९ रन तथा  जनेत एम्बाबाजीले १६ रनको योगदान गरे । ३० रन जोडेकी रिता मोसामालीले ३४ बलमा तीन चौका प्रहार गरेकी थिइन् । बलिङ तर्फ नेपालकी कविता कुँवर र सबनम राईले समान दुईदुई विकेट लिए । यसबाहेक, सिता रानामगर र कप्तान रुविना क्षेत्रीको नाममा एक–एक विकेट रह्यो । दुबईमा सम्पन्न फेयर ब्रेक पछि टोलीमा समावेश भएकी पूर्व उपकप्तान सीता राना मगरले आफ्नो उपकप्तान खोसिएको बारेमा सोधिएको प्रश्नमा उनले क्यानको निर्णयमा खुसी नै भएको प्रतिक्रिया दिए ।

क्यानले यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि ओपनर विन्दु रावलले सर्वाधिक २६ रन बनाएकी थिइन् । विन्दुले ३६ बलम दुई चौका प्रहार गरेकी थिइन् । यस्तै, सरिता मगरले २२ र कप्तान रुविना क्षेत्रीले १७ बाहेक नेपालका अन्य ब्याट्सवुमनले दोहोरो अंकको स्कोर छुन सकेनन् । डोली भट्टले नौ रन जोड्दा सीता रानामगरले ६ र अप्सरी बेगमले तीन रनको पारी खेलेका थिए । यस्तै, कविता जोसी भने डक आउट हुँदै पवेलियन फर्किएकी थिइन ।

युगान्डाकी जनेत एम्बाबाजीले दुई विकेट लिँदा कोन्की अवेको, इभेल्यान अन्यिपो र रिता मुसामालीले समान एक एक विकेट लिए । पहिलो पटक घरेलु मैदानमा क्रिकेट शृंखला खेलेको नेपाल यसअघि भएको पहिलो खेलमा १२ रनले पराजित भएको थियो ।

Advertisement

Advertisement