एमालेका निवर्तमान मेयरलाई हराउँदै मध्यपुर थिमिमा कांग्रेस विजयी, उपमेयर माओवादीलाई

Advertisement

भक्तपुर । मध्यपुर थिमि नगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । उक्त पालिकाको मेयरमा कांग्रेसका सुरेन्द्र श्रेष्ठ र उपमेयरमा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठ विजयी भएका छन् ।

सुरेन्द्रले निकटतम् प्रतिद्वन्द्वी निवर्तमान नगरप्रमुख एवम् एमालेका उम्मेदवार मदनसुन्दर श्रेष्ठलाई चार हजार ६३ मतले पराजित गरेका हुन् । उनले १५ हजार ९८ मत प्राप्त गर्दा मदनसुन्दरले ११ हजार ३५ मत प्राप्त गरेका छन् ।

Advertisement

त्यस्तै, उपमेयरमा माओवादीका विजय श्रेष्ठले १२ हजार १०२ मत प्राप्त गरेका छन् । उनले निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार उत्तरा नेपाललाई तीन हजार १३९ मतले पराजित गरे । 

Advertisement

Advertisement