चारसय स्थानको नजितामा १९० सहित कांग्रेसको अग्रता, एमाले ११८, राप्रपा २

Advertisement

काठमाडौं । स्थानीय निर्वाचनको जारी मतगणनामा चार सय स्थानको नजिता सार्वजनिक भएको छ । जसमा कांग्रेसले १९० स्थानमा विजय हासिल गरेर अग्रता लिएको छ भने नेकपा एमालेले ११८ स्थानमा जित हासिल गरेको छ । 

तेस्रोमा माओवादी केन्द्र रहेको छ । यसले ८३ स्थानमा जित हासिल गरेको छ । चौंथोमा एकीकृत समाजवादी रहेको छ । उसले सात स्थानमा विजय हासिल गरेको छ । त्यसैगरी, जनता समाजवादीले पाँच स्थानमा, राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई स्थानमा विजय हासिल गरेको छ । अरु साना तथा स्वतन्त्र उम्मेदवारहरुले पनि १० स्थानमा विजय हासिल गरेको निर्वाचन आयोगको विवरणमा देखिन्छ । 

Advertisement

मतगणना भइरहेका स्थानमध्ये कांग्रेसले १२८ स्थानमा अग्रता लिएको छ भने एमालेले ७८ स्थानमा, माओवादी केन्द्रले ३३ स्थानमा, एकीकृत समाजवादीले १५ स्थानमा, जनता समाजवादी पार्टीले २८ स्थानमा, लोकतान्त्रिक समाजवादी पार्टीले १० स्थानमा राप्रपाले चार स्थान र अरु दल तथा स्वतन्त्रले १३ स्थानमा अग्रता लिएका छन् ।  

Advertisement

Advertisement