विराटनगरको मेयर उपमेयरमा कांग्रेस र एमालेले पकड जमाउँदै

Advertisement

मोरङ । विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमालेकी उम्मेदवारले मतान्तर बढाउँदै लगेका छन् । पछिल्लो मत परिणामअनुसार कांग्रेसका मेयरका उम्मेदवार नागेश कोइरालाले एमालेका सागर थापालाई दुई हजार ८०१ मतले अग्रता लिएका छन् । 

त्यस्तै, उपमेयरमा एमालेकी शिल्पा कार्कीले जनता समाजवादी पार्टी उम्मेदवार तथा सो पार्टीका अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवभन्दा चार हजार ४४ मतको अग्रता बनाएकी छन् ।

Advertisement

कोइरालाले ११ हजार ८७६ मत पाउँदा थापाले नौ हजार ७५ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार उमेश यादवले तीन हजार ९२७ मत पाएका छन् । प्रह्लाद साहले दुई ५३९ मत पाएका छन् ।

उपमेयरमा कार्कीले १० हजार ४२६ मत पाएकी छन् भने यादवले छ हजार ३८२ मत पाएका छन् । राप्रपा उम्मेदवार विन्दाकुमारी लुईटेल आचार्यले तीन हजार ६५ मत पाउँदा स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले दुई हजार १९९ मत पाएकी छन् ।

Advertisement

Advertisement