राधी विद्युत कम्पनीद्वारा हकप्रद निष्काशनका लागि सेबोनसँग अनुमति माग

Advertisement

काठमाडौँ । राधी विद्युत कम्पनीले १ः१.४७५२ को अनुपातमा हकप्रद निष्काशनको अनुमति माग गरेको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) समक्ष बैशाख २८ गते कम्पनीले हकप्रद निष्काशनको अनुमति माग गर्दै आवेदन दिएको हो । 

कम्पनीले प्रति शेयर १०० का दरले ९५ लाख ३५ हजार ७ सय ६० दशमलव ९९ कित्ता हकप्रद शेयर निष्काशन गर्ने तयारी गरेको जनाएको छ । अहिलेको ऋण तिर्न र ४५ मेगावाटको नयाँ आयोजनामा लगानी गर्न हकप्रद निष्काशन गर्न लागेको हो । 

Advertisement

विद्युत नियमन आयोग भने कम्पनीलाई हकप्रद निष्काशनको लागि स्वीकृति दिईसकेको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ ।   

Advertisement

Advertisement