वालेन र केशव स्थापितको मतान्तर आठ हजार नाघ्यो

Advertisement

काठमाडौं । राजधानी महानगरपालिका काठमाडौंमा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले पाएको मत उनको प्रतिस्पर्धी केशव स्थापितबीचको मतान्तर आठ हजार नाघेको छ । बालेनले १६ हजार ६४७ मत प्राप्त गरेका छन् । 

उनका निकट प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितले आठ हजार ६०७ पाएका छन् । उनीहरुबीचको मतान्तर आठ हजार ४० पुगेको छ । मेयरको अर्को प्रतिस्पर्धी सत्ता गठवन्धनकी साझा उम्मेदवार सिर्जना सिंहले सात हजार ७६७ मत पाएकी छन् । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीकी मदनदास श्रेष्ठले एक हजार २२५ मत पाएका छन् । 

Advertisement

उपमेयरतर्फ एमालेकी सुनिता डंगोलले ठूलो मतान्तरसहित अग्रता लिएकी छन् । उनले १३ हजार ४०८ मत पाउँदा उनका निकट प्रतिस्पर्धी सत्ता गठवनधनका रामेश्वर श्रेष्ठले चार हजार ११८ मत पाएका छन् । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीकी विनिता मगैयाले दुई हजार ६२८ मत पाएकी छन् । 
 

Advertisement

Advertisement